१८ मईमा माध्यमिक परीक्षाको परिणाम

Student-2-1

कोलकाता: माध्यमिकको परीक्षाफल १९ मईमा जारी गरिनेछ। शिक्षामन्त्री ब्रात्य बसुले बुधबार ट्वीटरमा उक्त जानकारी दिए। परीक्षा समाप्त भएको लगभग अढाई महिनाको अन्तरालमा रिजल्ट प्रकाशित हुन गइऱहेछ। यस वर्ष माध्यमिक परीक्षा २३ फरवरीदेखि ४ मार्चसम्म सम्पन्न भएको थियो। उत्तर पुस्तिकाहरूको मूल्याङ्कनमा ११५३ मुख्य परीक्षक र लगभग ४१ हजार परीक्षक सामेल भए। अप्रेल महिनाको अन्तमा बोर्डको तर्फबाट जानकारी दिइयो, माध्यमिक विद्यालयहरूको उत्तर पुस्तिकाहरूको मूल्याङ्कन गरी अंक बोर्डलाई जमा गराइएको छ। परिणाम छिट्टै नै प्रकाशित गरिनेछ। शिक्षामन्त्री ब्रात्य बसुले त्यस सम्भावनामा बोर्डको मोहरको साथ माध्यमिक परिणाम जारी गर्ने मितिको घोषणा गरे। माध्यमिक परीक्षाको परिणाम शुक्रवार १९ मईमा माध्यमिक शिक्षा बोर्डको वेबसाइटमा उपलब्ध रहनेछ। यसबाहेक छात्रले आफ्नो प्राप्तांक एसएमएसको माध्यमले पनि जान्न सक्नेछऩ्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement