के-लीगः युनाइटेड ब्रदर्सको लगातार दोस्रो जीत

photocollage_2023510193430283.jpg

१० मईः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगितामा युनाइटेड ब्रदर्सले लगातार दोस्रो जीत हासिल गऱ्यो । स्थानीय मेला ग्राउण्डमा बुधवार खेलिएको म्याचमा युनाइटेड ब्रदर्सले गोरुबथान एफसी-लाई ४-१-ले पराजित गऱ्यो। म्याचमा विजेता टीमबाट सोनम लेप्चाले ३८औं र ५३औं मिनटमा २ गोल गरे। यसरी सौरभ तामाङले ४८औं र देवाशिष राईले ६०औं मिनटमा १-१ गोल गरे। गोरुबथान एफसी-बाट निछा राईले २३औं मिनटमा १ गोल गरे। सोनम लेप्चालाई प्लेयर अव् द म्याच चयन गरियो। आयोजकहरूले जानकारी दिएअनुसार, के-लीग-को यस सीजनमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ।

यसमा कालेबुङ जिल्ला पुलिस, सेसोनिअन एफसी, नादोङ भूटिया एफए, गोरुबथान एफसी, सुबोथ एफए (मंगपंग), शेयर एफसी, जर्जियन एफसी, युनाइटेड ब्रदर्स, बोंग एफसी र हिमालश्री एथलेटिक क्लब सामेल छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। बिहीवार खेलिने म्याचमा सुबोथ फूटबल एकाडमी (मंगपंग) र सेसोनिअन एफसी-बीच भिड़न्त हुनेछ। म्याच दिउँसो ३ बजीदेखि शुरु हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement