मध्य प्रदेशमा आतंकवादी षड़यन्त्रको ठूलो मोड्युलको खुलासा

terrorism-

 हैदराबादबाट पक्राउ संदिग्धहरूलाई भोपाल ल्याइँदैछ

भोपाल: मध्य प्रदेशमा आतंकवादी षड़यन्त्रको एउटा ठूलो मोड्युलको खुलासा भएको छ। मध्य प्रदेश औ तेलंगाना एटीएसले राजधानी भोपाल, छिन्दवाड़ा र हैदराबादबाट कट्टरपन्थी इस्लामिक संगठन हिज्ब-उत-तहरीर (एचयूटी)-सितसित सम्बन्धित १६ जनालाई पक्राउ गरेको छ। यिनीहरूमध्ये भोपालबाट दश, छिंदवाड़ाबाट एक अनि हैदराबादबाट पाँचजनालाई पक्राउ गरिएको छ। यी आरोपीहरूसित जाँचबुझ भइरहेको छ। हैदराबादबाट पक्राउ गरिएका संदिग्ध आतंकवादीहरूलाई भोपाल ल्याइँदैछ।

यसबारे जानकारी गराउँदै बुधवार मध्य प्रदेशका गृहमन्त्री डा. नरोत्तम मिश्राले भने, ‘भोपालबाट पक्राउ गरिएका हिब्ज-उत-तहरीरसित जोड़िएका दश जनालाई हिरासतमा राखेर जाँचबुझ गरिँदैछ। हैदराबाट गिरफ्तार संगठनका पाँचजनालाई भोपाल ल्याइँदैछ। आरोपीहरूले रायसेनको जङ्गलमा हतियार चलाउने ट्रेनिङ गर्थे। संगठनका सदस्यहरूलाई गरिएको फण्डिङको पनि जाँच भइरहेको छl’ आरोपीहरूविरूद्ध यूपीएसहित अन्य धाराहरू अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

एटीएसले भोपाल, छिन्दवाड़ा एवं हैदराबादबाट हिज्ब-उत-तहरीर संगठनसित सम्बन्धित भोपालका यासिर खान, सैयद सामी रिजवी, शाहरूख, मिस्बाह, शाहिद, सैयद दानिशअली, मेहराज, खालिद हसन, वसीम खान, मो. आलम, छिन्दवाडाबाट अब्दुल करीम तथा हैदराबादबाट मोहम्मद सलीम, अब्दुर रहमान, मोहम्मद अब्बास अली, शेख जुनैद, मोहम्मद हमीदलाई पक्राउ गरेको छ। भोपालबाट पक्रा परेका परेका दश आरोपीहरूलाई आउँदो १९ मईसम्म पुलिस हिरासतमा सुम्पिइएको छ। आरोपीहरू जिम ट्रेनर, कम्प्यूटर टेक्नीशियन, दर्जी, अटो ड्राइभरको रूपमा मानिसहरूबीच घुलमिल भएर देश विरोधी षड़यन्त्रहरूमा सामेल हुन्थे। भोपालबाट पक्रा परेको आरोपीले कोहेफिजमा एडुफोरम ट्यूटोरियल्सको नामले कोचिङ सेन्टर चलाउँथ्यो। संगठनका सदस्यहरू ड्रोन क्यामराको सहयोगबाट ठूलो षड़यन्त्रलाई परिणाम दिने तयारीमा थिए। -हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *