खरसाङ: खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको आयोजनामा आज खरसाङमा मिनी म्याराथन आयोजना गरिएको छ। उक्त मिनी म्याराथन अन्तर्गत ४० वर्षदेखि माथिका महिलाहरू र ५० वर्ष माथिका पुरूषहरूलाई लिएर आयोजना गरिएको थियो। उक्त म्याराथन खरसाङको बस टर्मिनलदेखि टुरिस्ट लज हुँदै कप्तान सुरज शर्मा पथ भएर चानमारी खेल मैदानसम्म आयोजना गरिएको थियो।

उक्त मिनी म्याराथनमा महिलावर्गमा चिमनी देवराली निवासी लैला रुम्बा प्रथम, गोथल्स साईडिङ निवासी लक्ष्मी राई र डुमाराम बस्ती निवासी रिता तामाङ तेस्रो भएका छन्। त्यसरी नै पुरूष वर्गमा मकैबारी निवासी किसान राई प्रथम, भानुटोल खरसाङ निवासी वाङ्दी लामा दोस्रो र मजुवा चैतेपानी निवासी ६० वर्ष नाघेका वरिष्ठ नागरिक वीरबहादुर तामाङ तेस्रो भएका छन्। उक्त मिनी म्याराथनमा पहिलो, दोस्रो र तेस्रो भएकाहरू सबैलाई ट्रफी प्रदान गरिएको छ।

उक्त मिनी म्याराथन विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको उपाध्यक्ष फुर्बा घिसिङले विस्तृत रुपमा जानकारी गराएका छन्।