कुचबिहार: पुलिस कारबाहीमा दिनहाटाको गिटलेह क्षेत्रमा तृणमूलका छ जना नेता र कार्यकर्ता पक्राउ परेका छन्। उनीहरूको साथबाट ३ थान भरुवा बन्दुक र ११ राउण्ड कारतूस बरामद भएको छ। तृणमूल कांग्रेसमा गुटबन्दी र लगातारको हिंसाले जिल्ला पुलिस प्रशासनको निन्द्रा छाडेको छ। यसपछि साँझ पुलिस प्रशासनले दिनहटाको गीताल्दा क्षेत्रमा छापा मारेर ६ तृणमूल नेता कार्यकर्तालाई पक्राउ गरेको थियो। पुलिसले कारवाहीका क्रममा ३ थान भरुवा बन्दुक र ११ राउण्ड कारतूस बरामद गरेको छ। तृणमूल कांग्रेसका स्थानीय क्षेत्रीय सचिव मोनिरुल हसन, क्षेत्रीय समितिका अध्यक्ष जाकिर हुसेनसहित कुल ६ जनालाई पुलिसले पक्राउ गरेको छ। दिनहाटाको गीतालदहमा रहेको तृणमूलको पार्टी कार्यालयमा तोडफोड गरेको आरोप प्रहरीमाथि लागेको छ। घटनाले सम्पूर्ण क्षेत्रमा तनाव फैलिएको छ।