एसएसबी ५३ वाहिनीद्वारा विद्यार्थीहरूलाई सीमा रक्षाको जानकारी।

04f9dd8b-3ed8-4a9f-ae20-905aa1316ea5

कालचिनीः एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको आयोजना औ लंकापाड़ा एसएसबी बीओपीको तत्वावधानमा बुधबार बीरपाड़ा थाना अन्तर्गत लंकापाड़ा हिन्दी हाइस्कूलका विद्यार्थीहरूलाई भोटाङ सीमावर्ती क्षेत्रको भ्रमण गराउँदै एसएसबीको कार्य र उनीहरूको जाँच प्रणालीबारे जानकारी गराउने कार्य सम्पन्न गरियो। यस अवसरमा एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कमान्डेन्ट मनोहरलालको प्रमुख उपस्थिति रहेको थियो भने एसएसबी डेपुटी कमान्डेन्ट सौमेन राय, सहायक कमान्डेन्ट विशुन दास एवम् अन्यान्य विशिष्ट अतिथिहरूमा लंकापाड़ा हिन्दी हाइस्कूलका प्रधानाध्यापक रोहितकुमार थापा लगायत स्कूलका शिक्षक शिक्षिकाहरू एवम् समाजसेवीको उपस्थिति रहेको थियो।
एसएसबीद्वारा गरीएको यो कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई देशको सीमा सुरक्षा एवम् देशको निम्ति सेना जवानहरूले गरिरहेको कार्यको जानकारी गराउन साथै देश रक्षाको निम्ति सेनामा भर्ना हुने प्रोत्साहन गर्नलाई रहेको एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कमान्डेन्ट मनोहरलालले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement