नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले आज राजस्थानको नाथद्वारा स्थित श्रीनाथजी मन्दिरमा पूजा र दर्शन गरे। उनले मन्दिरका पुजारीहरुसँग अन्तरक्रिया गरी भगवान श्रीनाथको ‘भेट पूजा’ पनि गरेका थिए।प्रधानमन्त्रीले यसरी ट्वीट गरे: ‘नाथद्वारामा भगवान श्रीनाथजीको दर्शन र आशीर्वाद प्राप्त गर्ने सौभाग्य प्राप्त भयोl’ प्रधानमन्त्रीले देशवासीहरूको सुस्वास्थ्य र कल्याणको कामना गरे। -पीआईबी
