काठमाडौं: नेपालका पूर्व गृहमन्त्री बालकृष्ण खाँड पक्रा परेका छन्। उनलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले आज बुधवार बिहानै काठमाडौंस्थित निवासबाट पक्राउ गरेको हो। काठमाडौं पुलिसले खाँडलाई बयानका लागि नियन्त्रणमा लिइएको जानकारी दिएको छ। उनी नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि पक्राउ पर्ने चर्चा चल्दै आएको थियो। खाँड नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्। उनी उक्त पार्टीका सभापति शेरबहादुर देउवाका निकटस्थ हुन्।
आजै खाँडका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परिसकेका छन्। योसहित घटनामा १२ जना पक्राउ परिसकेका छन्। प्रचण्ड नेतृत्वको सरकारले नक्कली शरणार्थी प्रकरणमा आक्रामक अनुसन्धान बढाइरहेको छ। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पुलिसको खोजीको सूचीमा छन्। उनका छोरा पक्राउ परिसकेका छन्। यो प्रकरणमा तत्कालीन गृहसचिव टेकनारायण पाण्डे पक्राउ परिसकेका छन्। अहिलेसम्म एक दर्जन व्यक्ति नक्कली शरणार्थी बनाएर अमेरिका पठाउन लागेको गिरोहमा संलग्नताको अभियोगमा पक्राउ परेका छन्। -हिस