दाड़ीभिट गोलीबारीः विद्यार्थीहरूको मृत्युको उच्च अदालतले एनआईएलाई सुम्पियो

Kolkata-High-Court

कोलकाता: कलकत्ता उच्च अदालतले उत्तर दिनाजपुर इस्लामपुर क्षेत्रस्थित दाड़ीभिट हाई स्कूलमा विज्ञानको स्थानमा उर्दू शिक्षकको नियुक्तिको विरोध गरिरहेका विद्यार्थीहरूको पुलिस गोलीबारीमा भएको मृत्युको एनआईएलाई जाँचको आदेश दिएको छ। बुधबार न्यायमूर्ति राजशेखर मन्थाको एकल पीठले यो आदेश दिएको छ। यसका साथै उनले राज्य सरकारलाई तत्काल पीड़ित परिवारलाई वित्तीय मद्दतको निर्देश दिएको छ। सन् २०१८ को सेप्टेम्बर महिनामा स्कूलमा उर्दू शिक्षकको नियुक्तिपछि विद्यार्थीहरूले विरोध प्रदर्शन शुरू गरेका थिए, जसपछि यसलाई शान्तिपूर्ण तरीकाले सम्हाल्नको साटो पुलिसले लाठीचार्ज गरेको थियो। ढुङ्गामुड़ा भएको थियो, बमबारीको पनि आरोप लागेको थियो र पछि गोलीबारीमा राजेश सरकार र तापस बर्मन नाम गरेका दुई विद्यार्थीको मृत्यु भएको थियो।

क्षेत्रका मानिसहरू र परिवारले पुलिस गोलीबारीमा यिनीहरूको ज्यान गएको हो भन्दै सीबीआई जाँचको मागमा अडिग रहेका थिए। लगभग दुई महिनासम्म यस स्कूललाई बन्द राखियो। यस मामिलामा कलकत्ता उच्च अदालतको दैलो ढकढकाइएको थियो। बुधबार अदालतले यस मामिलाको सुनवाई गर्दै घटनाको जाँच ठीकले नभएको टिप्पणी गऱ्यो। अदालतले भन्यो, ‘घटनाको पाँच दिनपछि नै सीआईडीले जाँच शुरू गऱ्योl’ पोस्टमार्टम रिपोर्टमा भनिएको छ, कुनै शक्तिशाली बन्दूकको गोलीबारीले दुवै छात्रको मृत्यु भएको थियो। तर आजसम्म सीआईडीले कुन बन्दूकबाट गोलीबारी भएको थियो भन्ने पत्तो लगाउन सकेको छैन। घटनालाई लिएर यसअघि पनि सुनवाईमा न्यायाधीशले राज्य मानवाधिकार आयोगको भूमिकालाई लिएर असन्तोष व्यक्त गरेका थिए। बुधबार अदालतले भन्यो, ‘परिवारलाई तत्काल वित्तीय मद्दत दिइयोस् र छिटोभन्दा छिटो एनआईए घटनाको जाँच शुरू होस्l’ -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement