मुम्बई: महाराष्ट्रका उप मुख्यमन्त्री देवेन्द्र फडणवीसले कार्यकर्ताहरूसॅंग फिल्म ‘द केरला स्टोरी’ हेरेका छन्। फिल्म हेरेपछि उनले भने, ‘केटीहरूको शोषणको षड़यन्त्र हो। धर्मको दुरुपयोग हुन्छ। यी सबै कुराहरू एउटा साँचो कथाको माध्यमद्वारा प्रकाशमा आएको छ। यो फिल्म कथा भन्नुका लागि होइन, जगाउन बनाइएको होl’ उनले एनसीपी विधायक एवं पूर्व मन्त्री जितेन्द्र अवादमाथि टिप्पणी गर्दै भने, ‘यो फिल्म हेरेपछि ती व्यक्तिहरूलाई जवाफ दिने समय आएको छ, जसले फिल्मका निर्देशकलाई चौकमा फाँसी दिनुपर्छ भनेका थिएl’ उनले फिल्ममा एक्ट्रेस अदा शर्माको प्रस्तुतिको प्रशंसा गरे।
उल्लेखनीय छ, यो फिल्मलाई मध्य प्रदेश र उत्तर प्रदेशमा ट्याक्स फ्री गरिएको छ। पश्चिम बंगाल र तमिलनाडुमा फिल्मको रिलीजमाथि प्रतिबन्ध लगाइएको छ। यो फिल्मले दर्शकहरूबाट राम्रो प्रतिक्रिया प्राप्त गरिरहेका छन्। फिल्मले बक्स अफिसमा पनि राम्रो प्रदर्शन गरिरहेको छ। -हिस