तीन करोड़ रूपियाँ मूल्यको नशालु कफ सिरप उद्धार, तीन पक्राउ

Hand-Cuff-3

करीमगञ्ज: असम-त्रिपुरा सीमावर्ती क्षेत्रमा नशालु पदार्थहरू उद्धार हुने क्रम जारी छ। गत तीन दिनमा दुई करोड़ छ: लाख रूपियाँको नशालु पदार्थ उद्धार भएपछि एकपल्ट फेरि करीमगञ्ज  जिल्लाको चुराइबाड़ीमा असम-त्रिपुरा अन्तरराज्यिय सीमा चेक गेटमा तीन करोड़ रूपियाँको नशालू कफ सिरप फेन्सिडिल उद्धार गरिएको छ। साथै उत्तर प्रदेश निवासी कन्टेनर चालक जिलानी शाह, सह चालक अनाश एवं अबरारलाई पक्राउ गरिएको छ।

करीमगञ्ज जिल्लाको बाजारीछोड़ा थानाअन्तर्गत चुराइबाड़ी थानाका नयाँ प्रभारी प्रणब मिल्लीले बताएअनुसार आज बिहान करिब ६ बजे पुलिसले त्रिपुरातिर जाने एक कन्टेनर (यूपी-२१सीटी-६८५८) लाई समायो। कन्टेनर मूल रूपमा जेके जेयरीको पेकेज्ड दूधले भरेको थियो। एक-एक गरी दूधको कार्टून तल झारेपछि तलाशी अभियान चलाइरहेको पुलिस-टीम छक्क पऱ्यो। दूधको ग्यापमा लाइन लगाएर राखिएको ३३० कार्टून कफ सिरप उद्धार गरियो। एक कार्टूनमा नशालु कफ सिरप फेन्सिडिलको १०० शीशी थियो। यस प्रकार जम्मा ३३ हजार शीशी उद्धार गरिएको छ। पुलिस अधिकारी प्रणब मिलीको भनाई छ, उद्धार गरिएको कफ सिरपको ब्ल्याक मार्केटमा दर तीन करोड़ रूपियाँभऩ्दा अधिक हुनसक्छ। पुलिसले पक्रा परेका मानिसहरू विरूद्ध मामिला दर्ता गरेको छ र जाँच गरिँदैछ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement