म हाम्रो पार्टीको समर्थक पनि होइन, मैले उनीसंग सहयोगको गुहार पनि लगाएको थिएन तर मेरो सपना उनले पूरा गरी दिए: इन्द्रजीत घले
दार्जीलिङ: अजय एडवाडर्सको मानवीय गुण देखेर भावुक भए सुम्बुङको इन्द्रजीत घले। तकदाह ग्लेवर्ण समष्टि अन्तर्गत सुम्बुङ निवासी इन्द्रजीत घलेले समाजिक संजालमा एक भिडियो फुटेज जारी गरेर आफु हाम्रो पार्टीको संस्थापक अध्यक्ष अजय एडवाडर्सको मानवीय गुण देखेर अति नै भावुक भएको बताएका छन्। घलेले जारी गरेको भिडियो फुटेजमा आफु अलग भएर बसेको २४ बर्ष नाघी सक्दा पनि आफुलाई कुनै नेता एंव पार्टीले एक पैसाको सहयोग समेत नगरेको तिनले बताएका छन। जारी गरिएको भिडियो फुटेजमा इन्द्रजीत घलेले आफ्नो घरको अवस्थाबारे मैले पहाडमा सबै नेताहरू समक्ष सहयोगको गुहार लगाएका थिए तर मैले मेरो घरको अवस्थाबारे हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स अनि क्षेत्रिय सभासद सन्नी बम्जनलाई बताएको थिइन। तिनले भने म हाम्रो पार्टीको समर्थक पनि होइन तर हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सको नजर मेरो घरमा कहिले परेको थियो मलाई त्यो पनि थाहा छैन। अचानक मेरो घर निर्माणको निम्ति हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले मलाई ईटा, सिमेन्ट, च्यादर आदि जस्ता सर समाग्रीहरू पठाई दिनु भएछ।यी सबै थोकहरु देखेर म आश्चर्य चकित भएको छु।यो सरसामानहरु देखेर म र मेरो परिवारको आखाँ खुशीले रसिएको छ भन्दै इन्द्रजीत घले भावुक भएका छन। समजिक संजालमा भाइरल भई रहेको भिडियो फुटेजमा पिडित इन्द्रजीत घलेले घर निर्माणको गुहार मैले पहाडको सवै नेताहरूसंग लगाएको थिए तर मेरो गुहारलाई कसैले वास्ता समेत गरेनन। केवल चुनावको समयमा झूठो आश्वसनहरू मात्र दिए, कार्य रूपमा कसैले परिणत गरेनन, मैले नसोचेको अनि मैले उनीसंग सहयोगको गुहार समेत नलगाएको ब्यक्तिले आज म अनि मेरो परिवारलाई नयाँ घर दिएको छ। यसको निम्ति म अनि मेरो परिवार अति नै खुशी भएका छौ। कसैलाई केही नभनी सहयोगको हात बडाउने, जनताको दु:ख बुझ्ने अजय एडवाडर्स जस्तो नेता हामी पहाडबासीलाई चाहिएको छ। अजय एडवाडर्स जस्ता नेताले नै गोर्खाहरूले देखेको युगौ पूरानो सपनालाई विपनामा परिणत गर्न सक्छ भन्ने इन्द्रजीत घलेले बताए।