बीच गाउँमा बाटोको खनन कार्य शुरू

Screenshot_20230510_175739_WhatsApp.jpg

अजय एडवाडर्सले तीन सय भन्दा धेर बाटोको खनन कार्यहरू गरी सकेका छन

दार्जीलिङ: बीच गाउँमा बाटोको खनन कार्य शुरू भएको छ।तकदाह ग्लेनबर्ण समष्टि अन्तर्गत वीच गाउँका बासिन्दाहरूले गत धेरै बर्ष अधिदेखि गाउँसम्म पूग्ने बाटोको खनन कार्य गरी दिने मांग गर्दै आई रहेका थिए तर बीच गाउँ बासीको अनुरोधलाई कुनै राजनैतिक पार्टी अनि नेताहरूले सुनाई गरी दिएको थिएन। गत केही महिना अधि हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स को ग्लेनवर्ण तकदाह समष्टि भ्रमणको अवधि स्थानीय वीच गाउँको बासिन्दाहरूले आफुहरूको गाउँसम्म पूग्ने बाटोको निर्माण गरी दिने अनुरोध गरेका थिए। बीच गाउँ बासीको अनुरोधलाई थप बल दिन्दै क्षेत्रिया सभासद शन्नी बम्जनले पनि पार्टी अध्यक्ष अजय एडवाडर्स समक्ष गुहार लगाउँदा बाटोको खनन कार्यको निम्ति जेसीपी पठाई दिएका छन अनि बाटोको खनन कार्य पनि शुरू भई सकेका छन। बीच गाउँको बाटो खनन कार्यले यस गाउँलाई मात्र नभए अन्य गाउँहरूलाई पनि धेरै फाइदा पूग्नेछ भन्ने स्थानीय गाउँलेहरूले बताएका छन। बीच गाउँमा बाटो नभएको कारणले गर्दा स्थानीय गाउँलेहरूलाई आपत विपत पर्दा धेरै प्रकारको समस्या हरू हुने गरेको गाउँलेहरूले बताएका छन। स्मरण रहोस हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले पहाडको ग्रामिण क्षेत्रहरूदेखि लिएर शहरको आसपास क्षेत्रहरूको गाउँ हरूमा पनि बाटोको खनन गरी सकेका छन। आजसम्म तीन सय भन्दा धेर बाटोहरूको खनन कार्य पूरा गरी सकेको पार्टी सूत्रले बताउँछन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement