कोलकाता: महानगर कोलकातामा राजभवन नजिक एक बहुतले बिल्डिङमा भीषण आगो लाग्यो। धुवाँ राजभवनभित्र पनि पुग्यो, जसपछि राज्यपाल बाहिर निस्केर सड़कमा आए। राजभवनको बीबीडी बाग छेउ टेलीफोन एक्सचेञ्जको पछिको बहुतले बिल्डिङमा आगो लागेको छ। यसमा एक नेशनल ब्याङ्क छ। स्थानीय मानिसहरूले दाबी गरेका छन्, यही ब्याङ्कको क्यान्टीनमा विस्फोटको आवाज भएको थियो, जसपछि आगो लाग्यो। सूचना पाएपछि अग्निशमनका गाड़ीहरू घटनास्थलमा पुगेका छन्। आगो निभाउने प्रयास भइरहेछ। धुवाँ राजभवनभित्र पुगेपछि राज्यपाल राजभवनबाट बाहिर निस्के। उनको लुगा देखेर बुझ्न सकिन्थ्यो कि उनले घरमा लगाउने लुगा लगाएर बाहिर निस्केका थिए।
उनले अग्निशमन विभागका डीजीसित कुरा गरे। स्थानीय पार्षद पनि घटनास्थलमा पुगे। बिहान आगो निभाउने काम जारी थियो। यद्यपि अहिले यसलाई निभाउन सकिएको छैन। पुलिस अनुसार, जब आगो लाग्यो तब बिल्डिङमा धेरै जना थिए तर समयमा मानिसहरू सुरक्षित बाहिर निस्के। -हिस