नयाँ दिल्ली: राष्ट्रव्यापी कोभिड खोपअन्तर्गत हालसम्म कुल २२०.६६ करोड (९५.२१ करोड दोस्रो डोज र २२.८७ करोड सावधानी डोज) खोपहरू लगाइएको छ। पछिल्लो २४ घण्टामा २ हजार ५५ खोप लगाइएको छl भारतमा सक्रिय बिरामीहरूको सङ्ख्या २१ हजार ४०६ छ भने सक्रिय मामला दर ०.०५ प्रतिशत छl हालको स्वस्थ दर ९८.७७ प्रतिशत छ भने पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३० जना स्वस्थ भएका छन्, अहिलेसम्म स्वस्थ हुनेको कुल सङ्ख्या ४ लाख ४४ हजार २१ हजार ७ सय ८१ पुगेको छ। पछिल्लो २४ घण्टामा २ हजार १०९ नयाँ संक्रमित थपिएका छन्l दैनिक सक्रिय मामला दर १.३२ प्रतिशत छl साप्ताहिक सक्रिय मामला दर १.८० प्रतिशत छl हालसम्म ९२.८० करोड परीक्षण गरिसकेको छ भने पछिल्लो २४ घण्टामा १,५९,४५४ परीक्षण गरिएको छl –पीआईबी