पुलवामाको लिथपोरा क्षेत्रमा छ:वटा पसलहरूको एनआईएद्वारा कुर्की

00-1-Rashtriya-Samachar-3

पुलवामा: राष्ट्रियजाँच एजेन्सी (एनआईए)-ले बुधबार पुलवामा जिल्लाको लिथपोरा क्षेत्रका छःवटा पसलहरूलाई कुर्की गरेको छ। विभागीय एक अधिकारीले बताएअनुसार लिथपोरा अवन्तीपोरामा ५.५ मरलाभन्दा अधिक निर्मित छः पसलहरूलाई सम्पत्तिको रूपमा एनआईएले कुर्की गरेको छ। यो सम्पत्ति दिसम्बर, सन् २०१७ मा सीआरपीएफ ग्रुप सेन्टरमाथि भएको आक्रमणमा सामेल आरोपी फयाज मागरेको हो, जुन एनआईएको मुद्दा नम्बर आरसी-१०/२०१८ एनआईए/डीएलआईमा आरोपी छ। यस आक्रमणमा सीआरपीएफका पाँच जवानहरूले आफ्नो प्राणको बलिदान दिएका थिए भने तीन घाइते भएका थिए। यद्यपि जवानहरूको जवाफी कारबाहीमा तीन आतंकवादी मारिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement