भारतीय सुनुवार मुखिया समाज खरसाङको आयोजनामा सिटोङको अप्पर मामरिङमा स्यादर घेयर पूजा आयोजित

IMG-20230510-WA0163.jpg

खरसाङ: भारतीय सुनुवार मुखिया समाज खरसाङको आयोजनामा खरसाङ महकुमा अन्तर्गत सिटोङको अप्पर मामरिङमा मुखियाहरूको पूजा स्यादर घेयर सम्पन्न भएको छ। आज यस कार्यक्रममा दार्जिलिङ कालेबुङ, सिलगढी लगायत सिक्किमका विभिन्न ठाउँहरूबाट सुनुवार मुखिया समाजका प्रतिनिधिहरू उपस्थित रहेका थिए। यस अवसरमा खरसाङको सिटोङ दुई अप्पर मामरिङमा मन्दिर स्थापना गरेर पूजा अर्चना गरिएको थियो। उक्त कार्यक्रममा सभाध्यक्षको रूपमा सिक्किम सुनुवार मुखिया समाजको अध्यक्ष डीबी मुखिया अनि मुख्य अतिथिको रुपमा भारतीय सुनुवार मुखिया समाज केन्द्रीय समितिबाट दिपक मुखिया उपस्थित रहेका थिए। यस अवसरमा भारतीय सुनुवार मुखिया समाजबाट नेपाल, आसाम, डुवर्स र दार्जिलिङ जिल्लाको विभिन्न २२ वटा स्थानहरूबाट शिला ल्याएर मन्दिर स्थापना गरेर पूजा अर्चना शुरु गरिएको जानकारी प्राप्त भएको छ। सुनुवार मुखिया समाजले सिटोङको अप्पर मामरिङमा उक्त पूजा आयोजना गर्नुको मुख्य उद्देश्य पर्यटन व्यवसायलाई पनि प्रोत्साहन होस् भनेर आयोजना गरिएको बताइएको छ। यस कार्यक्रममा समाज सुधार समिति अप्पर मामरिङबाट पनि कार्यक्रम सञ्चालनको भार वहन गरिएको थियो भने भर्खरै मुम्बईमा भएको जुनियर ब्युटी कन्टेस्टको खिताब जित्न सक्षम बनेकी सम्बर्ध्दना मुखियालाई पनि सम्मान जनाइएको छ। भारतीय सुनुवार मुखिया समाज अनि समाज सुधार समिति अप्पर मामरिङबाट सम्बर्ध्दना मुखियालाई सम्बर्ध्दना जनाइएको छ।

उक्त कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भारतीय सुनुवार मुखिया समाज खरसाङको सचिव सहदेव मुखियाले भारतीय सुनुवार मुखिया समाज खरसाङको आयोजनामा सिटोङको अप्पर मामरिङमा सुनुवार मुखिया जातिको स्यादर घेयर पूजा सम्पन्न गरिएको र यस अवसरमा मन्दिर स्थापना गरेर पूजा अर्चना शुरु गरिएको जानकारी गराएका छन्। उनले यो पूजा प्राकृतिक पूजा भएको र सुनुवार मुखियाहरू पनि प्रकृतिको पूजा गर्ने भएको कारणले य पूजा गरिएको अनि यो पूजा मुखियाहरूका लागि महत्वपूर्ण मानिन्छ भनी बताएका छन्। सहदेव मुखियाले यो मन्दिर स्थापना गर्नलाई नेपाल, आसाम, डुवर्स, दार्जिलिङ जिल्ला गरी जम्मा २२ वटा स्थानहरूबाट शिला ल्याएर मन्दिरको स्थापना गरिएको जानकारी गराएका छन्। उनले यो पूजा यसरी आयोजना गर्नुको मुख्य उद्देश्य यस क्षेत्रमा पर्यटन व्यवसायले पनि प्रोत्साहन होस् भनेर आयोजना गरिएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement