दुई करोडको हेरोइनसहित पाँच तस्कर पक्राउ

IMG-20230324-WA0001.jpg

कोलकाता: पश्चिम बंगाल पुलिसको स्पेशल टास्क फोर्स (एसटीएफ) ले धेरै मात्रामा हेरोइनका साथ पाँच तस्करलाई पक्राउ गरेको छ। एसटीएफका एसपी आईपीएस इन्द्रजीत बसुले बुधवार बिहान यसबारे जानकारी गराउँदै भने, मंगलवार साझ उत्तर २४ परगना जिल्लाको दमदम थाना अन्तर्गत बेलघरिया एक्सप्रेसवेमा बालीतिर गइरहेका दुई वाहनलाई मूनलाइट होटल सामू रोकियो।यसमा मादक पदार्थहरूको तस्करीको सूचना पहिलेदेखि नै पाइएको थियो।
स्थानीय थानासँग मिलेर बाहनहरूको तलाशी लिंदा त्यसबाट अढाई किलो हेरोइन उद्धार गरियो यसको बजारमा अनुमानित मूल्य लगभग दुई करोड़ रूपियाँ छ। पाँचैजना तस्कर एक मारूति ब्रेजा र मारूति सुजुकी वीएक्सआई कारमा यात्रा गरिरहेका थिए। वाहनलाई जफत गर्नका साथै पाँचै जनालाई अबेर राति पक्राउ गरिएको छ। पक्रा पर्नेहरू जिल्लाको पलाशिपारा निवासी शबीर अहमद (२४), दक्षिण २४ परगनाको केनिङ थाना अन्तर्गत तालडी निवासी सूजन शेख (२८), गाईघाटा थाना क्षेत्रको चाँदपाड़ा निवासी गोविन्दा मण्डल, बसीरहाट थाना क्षेत्रको गणपतिपुर माठपाड़ा निवासी अजय पाल (३९) र मुर्शिदाबाद थाना अन्तर्गत दहापाड़ा निवासी सुजन शेख (२३) रहेका छन्।
यी सबै विरूद्ध एनडीपीएस एक्टको धाराहरू अन्तर्गत दमदम थानामा मामिला दर्ता गरी कानूनी कारबाही शुरू गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement