केएल राहुलको सर्जरी सफल, चाँड़ै फर्किनेछन् टीममा

IMG-20230510-WA0159.jpg

१० मईः भारतीय क्रिकेट टीमका सीनियर ब्याटर केएल राहुलको दाहिने फिलाको सर्जरी सफल रह्यो अनि उनी चाँड़ै राष्ट्रिय टीममा फर्किनको निम्ति प्रतिबद्ध छन्। इण्डियन प्रीमियर लीग (आईपीएल)-मा रोयल च्यालेञ्जर्स बेंगलोर विरुद्ध म्याचमा फील्डिंग गर्दा लखनऊ सुपर जाइण्ट्सको कप्तानी गरिरहेका ३१ वर्षीय यस क्रिकेटरलाई चोट लागेको थियो। यस चोटले गर्दा उनी आईपीएल २०२३-को रहल म्याचहरू अनि जूनमा अष्ट्रेलिया विरुद्ध खेलिने वर्ल्ड टेस्ट च्याम्पियनशीपको फाइनलबाट बाहिर भएका थिए। राहुलले आफ्नो सोशल मीडिया हेण्डलमा सफल सर्जरीबारे जानकारी दिएका छन्। उनले लेखेका छन्, मेरो भर्खरै सर्जरी भयो, जुन सफल रह्यो। म सहज रहूँ अनि सबैथोक सुचारु रूपले सम्पन्न होस् भन्ने सुनिश्चित गर्ने सबै चिकित्सक र मेडिकल स्टाफहरू प्रति म आभार व्यक्त गर्न चाहन्छु।
लण्डनको ओवलमा ७ जूनदेखि शुरु हुने वर्ल्ड टेस्ट च्याम्पियनशीप फाइनलको निम्ति भारतीय टीममा राहुलको स्थानमा ईशान किशनलाई सामेल गरिएको छ। सर्जरी सफल रहेपछि राहुल चाँड़ै टीम इण्डियामा फर्किन चाहन्छन्। उनले लेखेका छन्, अब म आधिकारिक रूपले चोटबाट मुक्त हुने प्रक्रियामा रहनेछु। म सम्पूर्ण रूपले फिट हुन अनि मैदानमा फर्किन प्रतिबद्ध छु। भारतको निम्ति तीनैवटा प्रारूपमा खेल्ने राहुलले सालको अन्तमा हुने एशिया कप र वनडे वर्ल्ड कपको निम्ति भारतीय टीममा फर्किने लक्ष्य बनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement