राजगञ्जमा पोखरीबाट गाँजा उद्धार

Screenshot_20230510_161412_Samsung-Internet.jpg

राजगञ्ज: राजगञ्ज थाना पुलिसले पोखरीबाट २ प्याकेट गाँजा उद्धार गरेको छ। आज बिहान सन्न्यासीकाटा ग्राम पञ्चायतको लाल स्कुल बलाबारी इलाकाको एउटा जलाशयबाट सो गाँजा उद्धार गरेको हो। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज बिहान स्थानीय मानिसहरूले पोखरीमा दुई प्याकेट गाँजा देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर राजगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर जलाशयबाट सो गाँजा उद्धार गरेको बताइएको छ। राजगञ्ज पञ्चायत समितिका सदस्य रोशन हबीबले बताएअनुसार कसले सो गाँजा जलाशयमा फ्याँकेको भन्ने विषयमा थाहा लागेको छैन। दुई दिन अघि पनि पुलिसले कफ सिरप सहित एकजना युवकलाई पक्राउ गरेको थियो भने आज फेरि गाँजा उद्धार भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement