१० मईः अर्जेण्टिनालाई गत वर्ष विश्व च्याम्पियन बनाउने चमत्कारी फूटबलर लियोनल मेस्सीलाई विश्वका सर्वश्रेष्ठ पुरुष खेलाड़ीको लरियस पुरस्कार हासिल भयो। यसरी जमैकाकी दिग्गज स्प्रिण्टर शेली अन फ्रेसर प्राइसले विश्वकी सर्वश्रेष्ठ महिला खेलाड़ीको रूपमा लरियस पुरस्कार जितिन्। फ्रेसर प्राइसले गत वर्ष वर्ल्ड एथलेटिक्स च्याम्पियनशीपमा पाँचौंपल्ट १०० मीटरको दौड़मा स्वर्ण पदक जितेकी थिइन्। लरियस खेल पुरस्कार पेरिसमा प्रदान गरियो। साल २०२० पछि पहिलोपल्ट पुरस्कार व्यक्तिगत रूपमा दिइयो। मेस्सीलाई २०२०-मा फर्मूला वन् ड्राइभर लुइस हेमिल्टनको साथमा संयुक्त रूपले पुरस्कार दिइएको थियो।
तीनपल्टकी ओलम्पिक अनि दशपल्टकी वर्ल्ड च्याम्पियनशीप स्वर्ण पदक विजेता फ्रेसर प्राइसले यसलाई आफ्नो करियरको सर्वश्रेष्ठ सम्मान बताउँदै यस प्रजन्मका सर्वश्रेष्ठ खेलाड़ीहरूलाई आउँदो पीढ़ीको निम्ति प्रेरणा प्रदान गर्ने मत व्यक्त गरिन्। यसरी स्पेनका युवा टेनिस खेलाड़ी कार्लोस अल्कराजले ब्रेकथ्रू अव् द इयरको पुरस्कार जिते। बीस वर्षीय अल्कराजले गत वर्ष यूएस ओपनको खिताब जित्नको साथै नम्बर एक ऱ्यांकिंग हासिल गरेका थिए। फिफा वर्ल्ड कपको अवधि हृदयरोगले गर्दा मैदानमा अचेत भएपछि कठोर मेहनतको साथ फिटनेस हासिल गरी मैदानमा फर्किने फूटबलर क्रिस्टियन एरिक्सेनलाई सालको सर्वश्रेष्ठ पुनरागमन (कमब्याक अव् द इयर) को पुरस्कार दिइयो। कतरमा फिफा वर्ल्ड कप जित्ने अर्जेण्टिनाई टीमले सालको सर्वश्रेष्ठ टीमको पुरस्कार हासिल गऱ्यो।










