१० मईः यूएफा च्याम्पियन्स लीगको सेमिफाइनल चरणअन्तर्गत रियल म्याड्रिड र म्यानचेष्टर सिटीबीच खेलिएको पहिलो लेगको म्याच १-१-ले ड्र रह्यो। रियल म्याड्रिडको होम ग्राउण्डमा हासिल भएको यस जीतले प्रीमियर लीग क्लबलाई फाइदा भएको छ कारण रिटर्न लेगको म्याच सिटीको होम ग्राउण्ड ऐतिहाद स्टेडियममा खेलिनेछ। मंगलवार राति सेण्टियागो बर्नब्यू स्टेडियममा ४४ प्रतिशत पोजेशनको साथ खेल्ने होम टीमले मध्यान्तर अघि बढ़त हासिल गऱ्यो। विनिसियस जूनियरले ३६औं मिनटमा गोल गरी स्पेनिश क्लबलाई १-०-ले अघि पारे। रियलको यो बढ़त मध्यान्तरसम्म कायम रह्यो। म्याचमा ५६ प्रतिशत पोजेशनको साथ खेल्ने म्यानचेष्टर सिटीले दोस्रो हाफको खेलमा चाहिँ बराबरी हासिल गऱ्यो। ठूलो म्याचको खेलाड़ी मानिने केविन डी ब्रूयनेले सिटीलाई १-१-को बराबरीमा पुऱ्याए। बेल्जियमका यस अनुभवी मीडफिल्डरले ६७औं मिनटमा गोल गरी रियलका प्रशंसकहरूलाई स्तब्ध पारे। यी दुई टीमबीच दोस्रो लेगको म्याच १८ मईमा खेलिनेछ। यसबीच च्याम्पियन्स लीगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा इटलीको दुई क्लब एसी मिलान र इण्टर मिलानबीच आज राति भिड़न्त हुनेछ।