नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको २,१०९ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४९,७४,९०९ पुगेकाे छ। विगत २४ घण्टामा केरलाद्वारा मिलाइएको २ वटा मृत्युकाे साथ ८ जनाकाे मृत्यु दर्ता भएको छ। यससगैं हालसम्म कोरोनाले मृत्यु हुनेको कुल संख्या ५,३१,७२२ पुगेको छ। यसरी नै यस अवधिमा ३,४३० जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४४,२१,७८१ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.७७% रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या कमेर २१,४०६ रहेको छ। यसरी नै देशमा आज कोरोनाको दैनिक सकारात्मकता १.३२ प्रतिशतमा रेकर्ड गरिएको छ भने साप्ताहिक सकारात्मकता १.८० प्रतिशत रहेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी.एम.आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,५९,४५४ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९२,८०,६९,२८७ जनको परीक्षण भइसकेको छ। यसरी नै २४ घण्टमा २,०५५ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६६,८४,५७० जनाले यो खोप लगाइसकेको छन्।