स्वास्थ्य विभागको पहलमा एमजी मार्गमा खाद्य जाँच अभियान

IMG-20230509-WA0414.jpg

गान्तोक: सरकारको स्वास्थ्य एवं परिवार कल्याण विभागले एक संयुक्त निरीक्षण टोलीको पहलमा आज एमजी मार्ग र लाल बजार परिसरमा खाद्य सम्बन्धमा समीक्षा र जॉंच अभियान चलायो। सरसङ्गाइको सुरक्षा मापदण्डहरू जॉंच गर्न र रेस्टुरेन्टहरूमा प्रयोग हुने खानाको गुणस्तर नियमन गर्न र उपभोगको लागि सुरक्षित र स्वस्थ खानाको उपलब्धताबारे निरीक्षण गरिएको थियो। अधिकारीहरुको टोलीले दोकानहरुको प्रमाणपत्र र वैधताको पनि जॉंच गरेको थियो। त्यसैगरी टोलीले होटल तथा रेस्टोरन्टमा कार्यरत कर्मचारीहरुको अवस्थाबारे पनि निरीक्षण गरेको थियो।

सम्बन्धित अधिकारीहरूले ङ्गोहोरको उचित व्यवस्थापन, हावा/पानीको प्रदुषण नियन्त्रण विधि, रणनीतिक स्थानमा आगो निभाउने उपकरणको स्थापना, चिकित्सा सुविधा अनिवार्य राख्ने बारे निरीक्षण गरेको थियो। निरीक्षणमा सम्बन्धित अधिकारीहरूले नियममा तोकिएका प्रत्येक आवश्यकताको चेकलिस्टहरू जॉंच गरे।
निरीक्षणको क्रममा भारतीय खाद्य सुरक्षा र मानक प्राधिकरणद्वारा तोकिएका नियमहरू र दिशानिर्देशहरूको पालना गर्न असङ्गल भएकाहरूलाई नोटिस जारी गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement