पर्यावरण संरक्षणमाथि बैठक सम्पन्न

IMG-20230509-WA0413.jpg

गान्तोक: सिक्किम राज्य प्रदूषण नियन्त्रण बोर्डले अन्तर विभागीय बैठक सञ्चालन गर्‍यो। बोर्डले मिशन लाईफमा विभिन्न विभागहरूलाई संवेदनशील बनाउन अन्तर-विभागीय बैठक सञ्चालन गरेको हो। लाईफ भारतको नेतृत्वमा रहेको विश्र्वव्यापी जन अभियान हो। यसलाई प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा पहिलो नोभेम्बर २०२१ पर्यावरणको संरक्षण गर्ने लक्ष्यले शुरु गरेको थियो। यसले व्यक्ति र समुदायलाई प्रकृतिसँग मिल्दोजुल्दो र कुनै हानि नगर्ने जीवनशैली अभ्यास गर्न प्रेरित गर्ने लक्ष्य राखेको छ। यो २०२२-२८ को अवधिमा पर्यावरण संरक्षणको लागि व्यक्तिगत र सामूहिक कार्य गर्न एक अरब भारतीय र अन्य विश्र्वव्यापी नागरिकहरूलाई परिचालन गर्ने उद्देश्यका साथ डिजाइन गरिएको हो। जागरूकता कार्यक्रमहरूको लागि मिशनको कार्य बिन्दुहरू एकीकृत गर्नका लागि कर्तव्यहरूबारे अवगत गराइएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement