९ मईः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को ५४औं म्याचमा पाँचपल्टको च्याम्पियन मुम्बई इण्डियन्सले रोयल च्यालेञ्जर्स बेंगलोर (आरसीबी) लाई ६ विकेटले पराजित गऱ्यो। यस जीतको साथै मुम्बई इण्डियन्सले ११ वटा म्याचमा १२ पोइण्ट्सको साथ आईपीएल पोइण्ट्स टेबलमा तेस्रो स्थानमा जग्गा बनाएर प्लेअफ्-मा खेल्ने सम्भावनालाई जीवित राख्यो। यसको विपरीत ११ वटा म्याचमा १० पोइण्ट्सको साथ नेट रन रेटको आधारमा सातौं स्थानमा रहने पुग्ने आरसीबीको निम्ति चाहिँ प्लेअफ्-मा स्थान बनाउने रेस जटिल बन्न पुग्यो। वानखेड़े स्टेडियममा मंगलवार टस हारेर पहिला ब्याटिंग गर्दै आरसीबीले २० ओभरमा ६ विकेट गुमाएर १९९ रन बनायो। ग्लेन म्याक्सवेलले ८ वटा चौका र ४ वटा छक्काको साथ ३३ बलमा सर्वाधिक ६८ रन बनाए। यसबाहेक कप्तान फाफ डू प्लेसिसले ५ वटा चौका र ३ वटा छक्काको साथ ४१ बलमा ६५ रन बनाए। यी दुई बाहेक दिनेश कार्तिकले ३० रनको योगदान दिए। विराट कोहली १ रन बनाएर आउट भए।

मुम्बई इण्डियन्सका बलरहरूमा जेसन बेहरनडर्फले सर्वाधिक ३ विकेट लिए। जवाफमा आरसीबीले १६.३ ओभरमै ४ विकेट गुमाएर २०० रनको लक्ष्यलाई हासिल गऱ्यो। सूर्यकुमार यादवले ६ वटा छक्का र ७ वटा चौकाको साथ ३५ बलमा सर्वाधिक ८३ रन बनाए। यसबाहेक नेहाल वाधेराले ४ वटा चौका र ३ वटा छक्काको साथ ३४ बलमा अविजित ५२ रन बनाए। यी दुईलाई छोड़ेर ओपनर इशान किशनले ४ वटा छक्का र ४ वटा चौकाको साथ २१ बलमा ४२ रन बनाए। आरसीबीका बलरहरूमा वानिन्दु हसरंगा र विजयकुमार वैशाखले २-२ विकेट लिए।