एसटीएनएम अस्पातलले गऱ्यो उदाहरणीय कार्य

IMG-20230509-WA0409.jpg

५ जना रोगीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

गान्तोकः एसकेएम सरकारले स्वास्थ्य अनि शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको छ। यसै क्रममा एसटीएनएम अस्पतालमा पहिलोपटक अत्याधुनिक पद्धतिद्वारा विभिन्न रोगको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ। केही दिनअघि कूल ५ जना विभिन्न रोगले ग्रसित रोगीहरूको निःशुल्क शल्यक्रिया गरिएको र केही रोगीहरू जाति भएर घर पनि फर्किसकेका छन्। एकजना रोगी उपचारधीन रहेको न्यूरो सर्जरी विभागका डाक्टरद्वय डा. प्रणव राई अनि डा. रोशन तामाङले जानकारी गराएका छन्।

उल्लेखनीय छ, गत २९ अप्रेलको दिन राज्यमा पहिलोपटक अत्याधुनिक मिनिमल्ली इनभर्स सर्जरीमार्फत तीनवटा शल्यक्रिया गरिएको थियो, जुन राज्यबाहिर शल्यक्रिया गराउँदा लाखौं रुपियाँ खर्च हुने गर्दछ। तर एसटीएनएम आवश्यक पूर्वाधारहरू स्थापित गरिएपछि डाक्टरहरूको पहलमा सफल भएको थियो। यसरी नै १ मईका दिन दुईवटा अति नै जटिल शल्यक्रिया गरिएको थियो, जुनमध्ये एउटा एटलाण्टो एक्जिल डिस्लोकेशनको शल्यक्रिया उत्तर बंगालका केही नर्सिङ होममा मात्र सम्भव रहेको चिकित्सकहरूको भनाइ छ। अस्पतालबाट छुट्टी हुनअघि यी विरामीहरूले पत्रकारहरूसँग बातचितको शल्यक्रिया अघि जुन पीड़ा थियो त्यो निको भएको बताए। दिल्लीमा सेवारत इण्डियन रिजर्व बटालियन (आईआरबी) जवान रुजेन छेत्रीले आफ्नो डिस्क स्लिपको मिनिमल्ली इनभर्स सर्जरीद्वारा उपचार भएपछि हाल आफू पूर्ण रूपले निको भएको बताए। यहाँ आएपछि आफ्नै राज्यमा यस्तो शल्यक्रिया हुनसकेको अनि आफू पूर्ण रूपले निको भएको महसुस गरेको बताउँदै यसको निम्ति उनले सम्पूर्णप्रति आभार व्यक्त गरेका छन्। यस भन्दा अधि अस्पतालमा सबै प्रकारको सुविधा नरहेको तर वर्तमान सरकारले यहाँ विविध पूर्वाधारको विकास गरेपछि विभिन्न रोगको उपचार साथै शल्यक्रिया सम्भव भएको बताए। कुराकानी अवधि डाक्टरद्वय डा. प्रणव राई अनि डा. रोशन तामाङले राज्य सरकारले जुन पूर्वाधारहरू स्थापित गरिदियो, त्यसमार्फत नै आफूहरूले आज यस्ता शल्यक्रिया गर्न सफल भएको बताएका छन्। आफूहरूले न्यूरो विभागलाई अझ विकसित गर्न लागिपरेको उल्लेख गर्दै यहाँ आवश्यक मानवशक्ति निर्माण भएपछि भविष्यमा अझ आवश्यक पूर्वाधारहरू स्थापित गर्न सरकारसमक्ष अनुरोध गर्ने अनि न्यूरोको जटिल शल्यक्रियाहरू गर्न आफूहरूको लक्ष्य रहेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement