खरसाङ: भारतीय जनता युवा मोर्चाको जनसम्पर्क अभियान जारी रहेको छ। आज उक्त अभियानको चौथो दिन खरसाङ विधानसभा क्षेत्रको दुईवटा मण्डल खरसाङ-गिध्द पहाड मण्डल अनि महानदी- तीनधारे मण्डलमा युवा मोर्चाको जनसम्पर्क अभियान साथै मंडल शशक्तिकरणलाई लिएर सभाको आयोजना गरियो।

विशेष गरी सभामा राज्य समितिबाट आएका युवा मोर्चा प्रतिनिधिहरु आशिष विश्वास अनि पार्थो सरकार उपस्थित रहेका थिए भने दार्जीलिङ जिल्ला युवा मोर्चा अध्यक्ष निरज राई, महासचिव बिनय प्रसाद, उपाध्यक्ष देवराज मगर, सचिव राकेस सिंह, खरसाङ-गिध्द पहाड मण्डल अध्यक्ष निरपराज राणपहेंली, युवा मोर्चा जिल्ला सोसियल मिडिया संयोजक चन्दन प्रसाद एवं भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला समितिका प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो।