दिल्ली क्यान्ट क्षेत्रमा सेनाको बेस अस्पतालमा आगलागी

Fire-copy

नयाँ दिल्ली: दक्षिण पश्चिम जिल्लाको दिल्ली क्यान्ट क्षेत्रस्थित सेनाको बेस अस्पतालमा मङ्गलबार बिहान आगो लाग्यो। आगो अस्पतालको आईसीयू, अपरेशन थिएटर र स्टोर रूममा लागेको थियो। दमकल विभागले लगभग ३ बजे आगो लागेको सूचना पायो। जसपछि घटनास्थलमा अलग-अलग दमकल स्टेशनबाट आगो निभाउन पहिला पाँच गाड़ी पठाइएको थियो, तर आगो भीषण भएको कारण थप गाड़ीहरूलाई घटनास्थलमा पठाइयो। दमकलकर्मीहरूले लगभग दुई घण्टाको अथक प्रयासपछि आगो निभाए। घटनामा कसैको ज्यानलाई क्षति पुगेको सूचना छैन। दमकल विभागका निदेशक अतुल गर्गले फायरकर्मीहरूको बुद्धमताको प्रशंसा गरे। उनले भने, ‘आगो निभाउने स्थलका साथै अक्सीजन सीलेन्डरको स्टोरेज थियो र मेडिकलमा प्रयोग हुने अन्य ग्यासको पनि स्टोर थियोl’

About Author

Advertisement