दुईजनाले गऱ्यो विषपान, एकको मृत्यु

IMG-20230408-WA0112.jpg

कालचिनीः कालचिनी थाना अन्तर्गत साताली ग्राम पञ्चायत अधीनस्थ पर्ने नाकाडाला बस्तीका दुईजना युवकले विषपान गरेर आत्महत्या गर्ने प्रयासमा एकजनाको मृत्यु भएको घटना प्रकासमा आएको छ। प्राप्त जानकारीअनुसार उक्त गाउँका श्याम मुण्डा ( २४) कोचबिहारको कुनै राइस मिलमा काम गर्थे भने सोमबार छुट्टीमा घर आएको थियो। सोमबार राती साथीहरूसित खाइपिई घर आउँदा तिनले विषपान गरेकोले अत्याधिक वान्ता गरेकोले राती उत्तर लोथाबारी ग्रामीण अस्पतालमा लैजाँदा चिकित्सकहरूले तिनलाई मृत घोषित गरेको थियो।
अर्कोतिर त्यही गाउँका अर्को एकजना युवक राजेन कुजूर ( २३) ले पनि यसरी नै विषपान गरेकोले तिनलाई पनि परिवारले अस्पतालमा पुऱ्याएको बताएको छ भने तिनको पनि गम्भीर अवस्था रहेको बताईएको छ। यसरी एकै दिनमा दुईजना युवकले विषपान गरेर आत्महत्या गर्नुको पछि केही कारण हुनसक्ने तर के कारणले भन्ने कुराको रहश्य खोलिन नसकेको गाउँलेहरूले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement