कुचबिहार: आज रवीन्द्र जन्म जयन्ती राज्यभर हर्षोल्लासका साथ मनाइँदैछ। कार्यक्रम रंगारंग जुलुसबाट सुरु भएको थियो। यसै दिन सतीर्थ संघ र पाठागरको स्वर्ण जयन्ती वर्ष घोषणा गरिएको थियो। स्वर्ण जयन्ती वर्षको उपलक्ष्यमा वर्षैभरि विभिन्न कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रमको उद्घाटन कलेजका प्रिन्सिपल डा. पंकजकुमार देवनाथले गरेका थिए। यस अवसरमा कुचबिहारका अतिरिक्त जिल्ला मजिस्ट्रेट समीरन मण्डल, कोतवाली थाना इन्चार्ज अमिताभ दास, क्षेत्रका पञ्चायत सदस्यहरू र अन्य उपस्थित थिए।










