पंचायत चुनाव पार्टीले होइन गाउँलेहरूले जित्न पर्छ: अजय एडवर्ड्स

Screenshot_20230509_185758_WhatsApp.jpg

दार्जीलिङ: राजनीति आफ्नो ठाउँमा छ तर हाम्रो जन सेवाको कार्य निरन्तर रूपमा चल्नेछ यो मन्तव्य हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड्सले पोखेको हो। हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड्सले आज रंगबुल धोतरिया समष्टिको भ्रमण गरयो।यस अवधि स्थानीय गाउँलेहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सलाई भव्य स्वागत जनाए। यस अवधि उनले स्थानीय मानिसहरूलाई सम्बोधन गर्ने क्रममा राजनीति आफ्नो ठाउँमा छ तर हाम्रो जन सेवाको कार्य निरन्तर रूपमा चल्नेछ।तिनले अघि भने यस क्षेत्रमा बाटोको समस्या थिएछ अनि स्थानीय मानिसहरूले मलाई भन्यो अनि मैले बाटोको खनन कार्यको निम्ति जेसीपी पठाई दिए अनि तपाईहरूको सहयोगमा बाटोको खनन कार्य पूरा भएको छ। हामीले हरेक कुरामा सरकारलाई पर्खिएर बस्नु हुदैन, हामीले सक्ने काम हामी आफै पनि गर्न सक्नु पर्छ, पहाड़मा धेरै सालपछि पंचायत चुनाव हुन जाँदैछ, अब हुने पंचायत चुनावमा पार्टीले होइन तर गाउँलेहरूले जित्न पर्छ।विगतका चुनावहरूमा राजनैतिक नेताहरूले जनतालाई झुक्काए, समाजहरूलाई चौकी दिएर भोट हत्याउने काम गरयो तर अब हुने पंचायत चुनावमा पार्टीले होइन गाउँलेहरूले जित्न पर्छ, गाउँलेहरूले जितेको खण्डमा गाउँको विकाश हुनेछ,क्षेत्रको विकाश हुनेछ अध्यक्ष एडवर्ड्सले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement