महकुमा स्तरीय अण्डर-१४ बोइज फूटबल लीग १३ मईदेखि

IMG-20230509-WA0367.jpg

९ मईः खरसाङ फूटबल एसोसिएशनको आयोजनमा महकुमा स्तरीय अण्डर-१४ बोइज फूटबल लीग १३ मईदेखि शुरु हुनेछ। आयोजक केएफए-ले लीगको आधिकारिक फिक्स्चर जारी गरेको छ। खरसाङ महकुमाबाट जम्मा ५ वटा टीमले लीगमा हिस्सा लिनेछ। यसमा हिल्स फूटबल एकाडमी, जेआर३२ फूटबल एकाडमी, हिमाली बोर्डिंग स्कूल, कार्मेल हाई स्कूल र पुष्परानी रोय मेमोरियल हाई स्कूल सामेल छ। लीगका सबै म्याचहरू स्थानीय चाँदमारी मैदानमा हुनेछ। लीगको उद्घाटन म्याचमा हिल्स फूटबल एकाडमी र हिमाली बोर्डिंग स्कूलबीच भिड़न्त हुनेछ। म्याच दिउँसो ०१.०० बजीदेखि शुरु हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement