९ मईः खरसाङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित खरसाङ प्रीमियर लीग २०२३ फूटबल प्रतियोगितामा गत सीजनको च्याम्पियन युनाइटेड दिलाराम र युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-ले फाइनलमा स्थान बनायो। मंगलवार चाँदमारी मैदानमा खलिएको पहिलो सेमिफाइनलमा युनाइटेड दिलारामले मिक्स्ड अप् बोइजलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट आयुष तामाङ र अभिषेक दर्जीले गोल गरे। यसरी मिक्स्ड अप् बोइजबाट तुषान्त थापाले गोल गरे। यसरी दोस्रो सेमिफाइनलमा यूकेएफसी-ले नयाँ बस्ती फूटबल क्लबलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट सतिश राईले २ अनि रोनित तामाङले १ गोल गरे। अब बुधवार (१० मई) खेलिने फाइनलमा युनाइटेड दिलाराम र यूकेएफसी-बीच भिड़न्त हुनेछ।