९ मईः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगितामा गत सीजनको च्याम्पियन कालेबुङ पुलिसले ठूलो जीत हासिल गऱ्यो। स्थानीय मेला ग्राउण्डमा मंगलवार खेलिएको म्याचमा कालेबुङ पुलिसले शेयर फूटबल क्लबलाई ६-०-ले पिट्यो। म्याचमा विजेता टीमबाट बिरेन राईले २ गोल गरे। यसबाहेक लेण्डुप लेप्चा, नोर्जांग लेप्चा, अनुभवी सप्तक छेत्री र अजय तामाङले १-१ गोल गरे। आयोजकहरूले जानकारी दिएअनुसार, के-लीग-को यस सीजनमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ।

यसमा कालेबुङ जिल्ला पुलिस, सेसोनिअन एफसी, नादोङ भूटिया एफए, गोरुबथान एफसी, सुबोथ एफए (मंगपंग), शेयर एफसी, जर्जियन एफसी, युनाइटेड ब्रदर्स, बोंग एफसी र हिमालश्री एथलेटिक क्लब सामेल छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ।