● पीएमजेजेबीवाई: अहिलेसम्म कुल १६ करोड़भन्दा अधिक नामाङ्कन
● पीएमएसबीवाई: अहिलेसम्म कुल ३४ करोड़भन्दा अधिक नामाङ्कन
● एपीवाई : ५ करोड़भन्दा अधिक ग्राहक
नयाँ दिल्ली: अहिले जब हामी तीनवटा जन सुरक्षा योजनाहरू – प्रधानमन्त्री जीवन ज्योति बीमा योजना (पीएमजेजेबीवाई), प्रधानमन्त्री सुरक्षा बीमा योजना (पीएमएसबीवाई) अनि अटल पेन्शन योजना (एपीवाई) को आठौं वर्षगाँठ मनाइरहेका छौं, आउनुहोस् हामी हेरौं, यी योजनाहरूले कसरी मानिसहरूको निम्ति किफायती बीमा अनि सुरक्षा उपलब्ध गराएको छ, अनि जानौं योजनाहरूको उपलब्धिहरू अनि मुख्य विशेष्ताहरू बारे।
प्रधानमन्त्री नरेन्द्र मोदीले पीएमजेजेबीवाई, पीएमएसबीवाई अनि एपीवाई-को शुभारम्भ ९ मई, २०१५ को दिन कोलकाता, पश्चिम बङ्गालबाट गरेका थिए। यी तीनै यौजनाहरू नागरिकहरूको कल्याणको निम्ति समर्पित छन्, जसले अप्रत्याशित घटना अनि वित्तीय अनिश्चितताहरूबाट मानव जीवनलाई सुरक्षित गर्ने आवश्यकतालाई पूरा गर्नको निम्ति शुरू गरिएको हो। सरकारले देशका असंगठित वर्गका मानिस वित्तीय रूपले सुरक्षित रहुन् भन्ने सुनिश्चित गर्नको निम्ति दुईवटा बीमा योजना शुरू गऱ्यो- पीएमजेजेबीवाई अनि पीएमएसबीवाई। यसका साथै सरकारले वृद्धावस्थाका जरूरतहरूलाई पूरा गर्नमा मद्दत पुऱ्याउनको निम्ति अटल पेनशन योजनाको पनि शुरूवात गऱ्यो।
केन्द्रीय वित्त तथा कर्पोरेट मामिला मन्त्री श्रीमती निर्मला सीतारामनले भनिन्, ‘सन् २०१४ मा, भारतका प्रत्येक नागरिकसम्म ब्याङ्किङ सुविधा, वित्तीय साक्षरता र सामाजिक सुरक्षा कवरेजको पहुँच सुनिश्चित गर्ने प्राथमिक उद्देश्यका साथ वित्तीय समावेशीकरणका लागि राष्ट्रिय मिशन शुरू गरिएको थियो। यस पहलमा अझ बलियो बनाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीले ९ मई २०१५ मा तीनवटा जन सुरक्षा योजनाहरू शुरू गरे, जसको उद्देश्य देशमा वित्तीय समावेशीकरणलाई थप प्रवर्द्धन गर्ने र अगाडि बढाउनु रहेको थियोl’
केन्द्रीय वित्तमन्त्रीले भनिन्, ‘यी तीनवटा सामाजिक सुरक्षा योजनाहरू अप्रत्याशित जोखिम, नोक्सान र आर्थिक अनिश्चितताहरूबाट मानव जीवनको सुरक्षाको महत्त्वलाई आत्मसात गर्दै नागरिकहरूको हितमा समर्पित छन्। यी योजनाहरूले विपन्न पृष्ठभूमिका व्यक्तिहरूलाई आवश्यक वित्तीय सेवाहरू उपलब्ध गराउने उद्देश्य लिएको छ, जसले उनीहरूको वित्तीय जोखिम कम हुन्छ।’
श्रीमती सीतारामनले जन सुरक्षा योजनाहरूको आठौं वर्षगाँठमा आँखड़ाहरूलाई उद्धृत गर्दै भनिन्, ’२६ अप्रेल, २०२३ सम्म पीएमजेजेबीवाई, पीएमएसबीवाई अनि एपीवाईअन्तर्गत क्रमश: १६.२ करोड़, ३४.२ करोड़ अनि ५.२ करोड़ नामाङ्कन भएको छl’ पीएमजेजेबीवाई योजनाबारे वित्तमन्त्री श्रीमती सीतारामनले भनिन्, ‘यस योजनाले ६.६४ लाख परिवारहरूलाई महत्वपूर्ण सहायता प्रदान गरेको छ, अनि बीमा दावीहरूको रूपमा यी परिवारहरूले १३,२९० करोड़ रूपियाँ प्राप्त गरे। पीएमएसबीवाई योजना अन्तर्गत १.१५ लाखभन्दा अधिक परिवारहरूले २,३०२ करोड़ रुपियाँको दावी रकम प्राप्त गरेका छन्। पीएमजेजेबीवाई अनि पीएमएसबीवाई दुवै योजनाको लागि दावी प्रक्रियालाई सहज बनाएको कारणले दावीहरूको निपटान तीव्र रूपमा भएको छl’
‘यो उत्साहजनक विषय हो, यी योजनाहरूको अधिकतम पहुँच सुनिश्चित गर्नको निम्ति लक्षित दृष्टिकोणको माध्यमबाट कार्यान्वयन गर्ने कार्य भइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा हाम्रो सरकार यी सामाजिक सुरक्षा योजनाहरूको लाभ देशभरिका प्रत्येक योग्य व्यक्तिसम्म पहुँच सुनिश्चित गर्नको लागि दृढ़तापूर्वक समर्पित छ’, श्रीमती सीतारमनले भनिन्। यस अवसरमा केन्द्रीय वित्त राज्यमन्त्री डा. भागवत किशनराव कराडले भने, ‘सरकारले ग्रामीण क्षेत्रमा मानिसहरूलाई बीमा सुरक्षा प्रदान गर्नको निम्ति एक लक्षित दृष्टिकोण अपनाएको छ अनि योजनाअन्तर्गत सम्पूर्ण देशमा योग्य लाभार्थीहरूलाई कवरेज प्रदान गर्नको निम्ति प्रत्येक ग्राम पञ्चायतमा अभियान चलाउने कार्य भइरहेको छ। यी जन सुरक्षा योजनाहरूलाई लोकप्रिय बनाउनको निम्ति यससित सम्बन्धित फिल्ड स्तरका सबै पदाधिकारीहरूलाई बधाइ दिँदै डा. कराडले उनीहरूलाई यी योजनासित जोड़िएका मानिसहरूको संख्या (कवरेज) अझ बढ़ाउने प्रयासहरूलाई जारी राख्नको निम्ति प्रेरित गरे।
हामी जन सुरक्षा योजनाहरूको आठौं वर्षगाँठ मनाइरहेका छौं भने यस अवसरमा आउनुहोस् अहिलेसम्मको यसको विशेष्ताहरू अनि उपलब्धिहरूमाथि एक नजर लगाऔं।
१. प्रधानमन्त्री जीवन ज्योति बीमा योजना (पीएमजेजेबीवाई)
योजना: पीएमजेजेबीवाई एक वर्षको जीवन बीमा योजना हो जसले कुनै पनि कारणले हुने मृत्युलाई कवर गर्दछ। यसलाई प्रत्येक वर्ष नवीकरण गरिनुपर्दछ।
पात्रता: १८-५० वर्ष उमेरवर्गका व्यक्ति जोसित एक व्यक्तिगत ब्याङ्क वा डाकघर खाता छ, योजना अन्तर्गत नामाङ्कनको लागि योग्य हुन्। ५० वर्षको उमेर पूरा गर्नुभन्दा पहिला योजनामा सामेल हुने व्यक्तिको नियमित प्रीमियनको भुक्तानमा ५५ वर्षको उमेरसम्म जीवनको जोखिमलाई जारी राख्न सक्दछन्।
लाभ: ४३६/- रुपियाँ प्रति वर्षको प्रीमियममा कुनै पनि कारणले मृत्यु भएको खण्डमा २ लाख रुपियाँको जीवन बीमा कवरेज।
नामाङ्कन: योजना अन्तर्गत नामाङ्कन खाताधारकको ब्याङ्कको शाखा /बीसी पोइन्ट वा ब्याङ्कको वेबसाइटमा गएर वा डाकघर बचत ब्याङ्क खातको मामिलामा डाकघरमा गएर गर्न सकिन्छ। योजनाअन्तर्गत प्रीमियम खाताधारकको एकमुष्ट शासनादेशको आधारमा ग्राहकको ब्याङ्क खाताबाट प्रत्येक वर्ष अटो डेबिट गरिन्छ। योजना अनि प्रपत्रहरूबारेमा विस्तृत जानकारी (हिन्दी, अंग्रेजी अनि क्षेत्रीय भाषाहरूमा) https://jansuraksha.gov.in मा उपलब्ध छ।
उपलब्धिहरू: २६.०४.२०२३ सम्म, योजना अन्तर्गत कुल नामाङ्कन १६.१९ करोड़भन्दा अधिक पुगिसकेको छ अनि ६,६४,५२० वटा दावीको निम्ति १३,२९०.४० करोड़ रुपियाँको भुक्तान गरिएको छ।
२. प्रधानमन्त्री सुरक्षा बीमा योजना (पीएमएसबीवाई)
योजना: पीएमएसबीवाई एक वर्षको दुर्घटना बीमा योजना हो जसले दुर्घटनाको कारण मृत्यु वा दिव्यांगतालाई कवरेज प्रदान गर्दछ अनि यो प्रत्येक वर्ष नवीकरणीय छ।
पात्रता: १८-७० वर्ष उमेरवर्गका व्यक्ति जोसित व्यक्तिगत ब्याङ्क खातावा डाकघर ब्याङ्क खाता छ, योजना अन्तर्गत नामाङ्कनको लागि योग्य हुनेछ।
लाभ: दुर्घटनाको कारण मृत्यु वा दिव्यांगताको निम्ति २०/- रूपियाँ प्रतिवर्षको प्रीमियममा २ लाख रुपियाँ (आंशिक विकलांगताको मामिलामा रू.१ लाख) –को दुर्घटना मृत्यु सह विकलांगता कवरेज पाइन्छ।
नामाङ्कन: योजना अन्तर्गत नामाङ्कन खाताधारकको ब्याङ्क शाखा/बीसी पोइन्ट वा ब्याङ्कको वेबसाइटमा अथवा डाकघर बचत ब्याङ्क खाताको मामिलामा डाकघरमा गएर गर्न सकिन्छ। योजनाअन्तर्गत प्रीमियम खाताधारकको एकमुष्ट शासनादेशको आधारमा ग्राहकको ब्याङ्क खाताबाट प्रत्येक वर्ष अटो डेबिट गरिन्छ। योजना अनि प्रपत्रहरू बारेमा विस्तृत जानकारी (हिन्दी, अंग्रेजी अनि क्षेत्रीय भाषाहरूमा) https://jansuraksha.gov.in मा उपलब्ध छ।
उपलब्धिहरू: २६.०४.२०२३ सम्म, योजना अन्तर्गत कुल नामाङ्कन ३४.१८ करोड़भन्दा अधिक अनि १,१५,९५१ दावीहरूको लागि २,३०२.२६ करोड़ रुपियाँको भुक्तान गरिएको छ।
३. अटल पेन्शन योजना (एपीवाई)
पृष्ठभूमि: अटल पेन्शन योजना (एपीवाई) सबै भारतीयहरू, विशेष रूपले गरीब, वञ्चितहरू अनि असंगठित क्षेत्रका श्रमिकहरूको लागि एक सार्वभौमिक सामाजिक सुरक्षा प्रणाली बनाउनको निम्ति शुरू गरिएको थियो। यो असंगठनित क्षेत्रमा काम गरिरहेका मानिसहरूको लागि वित्तीय सुरक्षा प्रदान गर्ने अनि उनीहरूको भविष्यको आवश्यकताहरू पूरा गर्नको निम्ति सरकारको पहल हो। एपीवाईको प्रबन्धन राष्ट्रीय पेन्शन प्रणाली (एनपीएस) को समग्र प्रशासनिक अनि संस्थागत ढाँचाअन्तर्गत पेन्शन फण्ड नियामक एवं विकास प्राधिकरण (पीएफआरडीए)ले गर्दछ।
पात्रता: एपीवाई १८ देखि ४० वर्षको उमेरका सबै गैर-आयकरदाता ब्याङ्क खाताधारकहरूको लागि खुला छ अनि चुनेको पेन्शन राशिको आधारमा प्रीमियम योगदान अलग-अलग छ।
लाभ: यस योजनामा सामेल भएपछि ग्राहकद्वारा गरिएको योगदानको आधारमा ऊनीहरूको ६० वर्षको उमेरपछि ग्राहकहरूलाई ग्यारेण्टीसुदा न्युनतम मासिक पेन्सन १००० रुपियाँ, २००० रुपियाँ, ३००० रुपियाँ, ४००० रुपियाँ वा ५००० रुपियाँ प्राप्त हुनेछ।
योजनाको लाभहरूबारे संवितरण: यसअन्तर्गत ग्राहकलाई मासिक पेन्शन प्राप्त हुनेछ, अनि यसपछि उसको पति वा पत्नीलाई अनि फेरि दुवैको मृत्युपछि ग्राहकद्वारा ६० वर्षको उमेरसम्म संचित पेन्शन राशि ग्राहकद्वारा नामाङ्कित व्यक्तिलाई फिर्ता गरिनेछ। ग्राहकको असामयिक मृत्यु (६० वर्षको उमेरभन्दा पहिला मृत्यु) को मामिलामा ग्राहकका पति वा पत्नी शेष निहीत अवधिको लागि ग्राहकको एपीवाई खातामा योगदान जारी राख्न सक्नेछन् जबसम्म मूल ग्राहकको उमेर ६० वर्ष पूरा हुँदैन।
केन्द्र सरकारद्वारा योगदान: न्यूनतम पेन्शनको ग्यारेण्टी सरकारद्वारा दिइनेछ, अर्थात, यदि योगदानको आधारमा संचित राशि निवेशमा अनुमानित रिटर्नभन्दा कम भएको खण्डमा न्युनतम ग्यारेण्टी पेन्शन प्रदान गर्नको निम्ति अपर्याप्त हुन्छ, यसमा यस्तो अपर्याप्ततालाई पूर्ण गर्नको निम्ति केन्द्र सरकारले फण्ड दिनेछ। वैकल्पिक रूपले यदि निवेशमा प्रतिफल अधिक छ भने अभिदाताहरूलाई बढ़तका साथ पेन्सनको लाफ प्राप्त हुनेछ।
भुगतान आवृत्ति: ग्राहक मासिक / तीन महिना / छ महिना आधारमा एपीवाईमा योगदान गर्न सक्नेछन्।
योजनाबाट निकासी: सरकारी सह-योगदान अनि त्यसमाथि वापसी/ब्याजको कटौतीमा केही शर्तहरूको अधीन सदस्यहरू स्वैच्छिक रूपले एपीवाईबाट बाहिर निस्कन सक्नेछन्।
उपलब्धिहरू: २७.०४.२०२२ सम्म ५ करोड़भन्दा अधिक नागरिकले योजनाको सदस्यता लिएका छन्। –पीआईबी