कोलकाता: पश्चिम बङ्गालको माध्यमिक परीक्षा दिइसकेका विद्यार्थीहरूको प्रतीक्षा अब समाप्त हुनलागेको छ। आउँदो १० दिनभित्र माध्यमिक परीक्षाको परिणाम घोषित गरिने माध्यमिक शिक्षा परिषदले मङ्गलबार बताएको छ। आउँदो सातासम्म परीक्षा परिणामको घोषणा गरिने स्पष्ट भएको छ। माध्यमिक शिक्षा परिषदका स्रोतहरू अनुसार, परिणाम घोषित गर्नअघि पाँच प्रक्रिया पूरा गर्नुपर्दछ, जसमा उत्तर पुस्तिकाको मूल्याङ्कन, नम्बर दिनु, त्यसको मिलान, दोस्रोपल्ट जाँच र फेरि त्यसलाई अनलाइन गर्ने प्रक्रिया। यी सबैकुरा लगभग पूरा भइसकेको छ। उल्लेख्य, गत २३ फरवरीदेखि माध्यमिक परीक्षा शुरू भएको थियो र ४ मार्चमा समाप्त भएको थियो। माध्यमिक शिक्षा परिषदले अगावै मई महिनाको मध्यसम्म परिणाम घोषित गरिनेछ बताएको थियो। त्यही अनुरूप अब यसको प्रक्रिया पनि शुरू गरिॅंदैछ। -हिस