सिलगढी: रवीन्द्रनाथ टेगोरको १६२औं जयन्तीको अवसरमा मतिगढा-नक्सलबारीका भाजपा विधायक आनन्दमय बर्मनले सिलगढीको बाघाजतिन पार्कमा रवीन्द्रनाथको सालिगमा माल्यार्पण गरे। आज विधायक बर्मन भाजपा नेताहरू तथा कार्यकर्ताहरूको साथमा बाघाजतिन पार्कमा गएर रवीन्द्रनाथ टेगोरलाई श्रद्धाञ्जलि अर्पण गरे। यसपछि पत्रकारहरूलाई सम्बोधन गर्दै विधायकले रवीन्द्रनाथ टेगोरको विचारहरूबारे चर्चा गर्दै राज्य सरकारमाथि कटाक्ष कसे। रवीन्द्रनाथ टेगोरले जुन प्रकारको बङ्गालको कल्पना गरेका थिए हालमा सो नरहेको तिनले बताए। तिनले जुन शान्ति, सद्भाव र लोकतन्त्रको कुरा गरेका थिए सो हाल बङ्गालमा छैन। बङ्गाललाई लिएर कविगुरूको दर्शन फेरि फर्केर आओस् भन्ने आफूहरूको चाहना रहेको तिनले बताए।









