राजगञ्ज: राजगञ्जको गन्डार मोडको एउटा रासन दोकानमा चोरी भएको छ ।गत राति साढ़े ११ बजे दोकान मालिक सुमन दे-ले दोकान बन्द गरे।आज बिहान दोकान खोल्दा दोकान रहेको धेरै समानहरू चोरी भएको थाहा पाए। दोकान मालिक सुमन दे-ले बताए अनुसार दोकानको टीन भत्काएर नगद राशि १० हजार सहित केही समानहरू चोरी भएको छ। मोठ ६५ हजार रुपियाँको समान चोरी भएको तिनले बताए। घटनाबारे आमबारी आउट पोस्ट पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर दोकानको सीसीटीभी फुटेज हेरेर घटनाको जाँच शुरू गरेको बताइएको छ।








