प्रतिबन्धित कफ सिरप सहित एक युवक पक्राउ

IMG-20230509-WA0352.jpg

राजगञ्ज: राजगञ्ज पुलिसले १५४ बोतल प्रतिबन्धित कफ सिरप सित एकजना युवकलाई पक्राउ गरेको छ। पक्राउ पछि सो युवकलाई जलपाईगढी अदालतमा पेश गर्यो। आरोपी युवक सन्न्यासीकाटा ग्राम पञ्चायत अन्तर्गत डाङ्गापाडा इलाका निवासी २४ वर्षीय अब्दुल करीमको रूपमा चिन्हित गरिएको छ।राजगञ्ज पुलिसले गोप्य सूचनाको आधारमा गत साँझ राजगञ्जको सन्न्यासीकाटा ग्राम पञ्चायत अन्तर्गत भुदुगछ चियाकमान संलग्न इलाकामा नम्बर प्लेट विहीन एउटा बाइकलाई रोकेर छानबीन गर्दा १५४ बोतल प्रतिबन्धित कफ सिरप उद्धार गर्नको साथै एकजना युवकलाई पनि पक्राउ गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार युवकले उक्त कफ सिरप तस्करी गर्ने उद्देश्य लिएर लगिरहेको थिए। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement