चारधाम यात्रा: अहिलेसम्ममा साढ़े पाँच लाखभन्दा अधिक श्रद्धालुहरूले गरे दर्शन

00-1-Chardham-kedar_612

देहरादून: चारधाम यात्रामा अहिलेसम्ममा साढ़े पाँच लाखभन्दा अदिक तीर्थ यात्रीहरूले दर्शन गरिसकेका छन्। यसमा बाबा केदरनाथ धाम पुग्ने श्रद्धालुहरूको सङ्ख्या सबैभन्दा अधिक छ। पर्यटन विभागद्वारा २२ अप्रेलदेखि ८ मईसम्मको जारी रिपोर्टमा यो आँकड़ा उल्लेख छ। बद्रीनाथ, केदारनाथ, गंगोत्री अनि यमुनोत्री धाममा अहिलेसम्ममा ५ लाख ५१ हजार ५६५ तीर्थ यात्रीहरूले दर्शन गरिसकेका छन्। आँकड़ाअनुसार केदारनाथ धामको दर्शन गर्ने तीर्थ यात्रीहरूको सङ्ख्या १ लाख ९५ हजार ६१५, बद्रीनाथको १ लाख २८ हजार १४१, गंगोत्रीको १ लाख २१ हजार ७ अनि यमुनोत्रीको १ लाख ६ हजार ८०२ रहेको छ।

चारधामको लागि ८ मईसम्ममा २६ लाख ७ हजार ६९५ मानिसहरूले पञ्जीकरण गराइसकेका छन्। यसमा मोबाइल एपबाट ४ लाख ५४ हजार ३७२, वेब पोर्टलबाट १९ लाख ९२ हजार २५५, वाट्सएपबाट १ लाख ६३ हजार ८ मानिसहरूले पञ्जीकरण गराएका छन्। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement