सरकारको प्रयासले मणिपुरमा फसेका महाराष्ट्रका २५ विद्यार्थी सकुशल मुम्बई पुगे

00-1-Rashtriya-Samachar-2

मुम्बई: मणिपुरमा जारी हिंसामा फसेका महाराष्ट्रका २५ विद्यार्थीहरूलाई सकुशल निकालियो। यी विद्यार्थीहरू सोमबार अबेर राती मुम्बई एयर पोर्टमा पुग्दा अभिभावकहरूमा खुशीको सीमा नै थिएन। सबै विद्यार्थी एवं उनीहरूका अभिभावकहरूले मुख्यमन्त्री एकनाथ शिन्दे र उपमुख्यमन्त्री देवेन्द्र फडणवीसको यस प्रयासको सराहना गरेका छन्। वास्तवमा मणिपुरमा अध्ययन गर्न गएका यी विद्यार्थीहरू त्यहाँ हिंसाबीच फसेको जानकारी पाएपछि मुख्यमन्त्री शिन्दे र उपमुख्यमन्त्री फडणवीसले तत्काल मणिपुरका मुख्यमन्त्री एन बीरेन सिंहसित सम्पर्क गरेका थिए। असमका मुख्यमन्त्री हेमन्त विश्व सरमासित पनि मुख्यमन्त्री शिन्देले चर्चा गरेका थिए। त्यसपछि महाराष्ट्रका विद्यार्थीहरूलाई सोमवार बिहान एक विशेष विमानको माध्यमबाट मणिपुरको इम्फालबाट असमको गुवाहाटी ल्याइयो र त्यहाँबाट सोमबार राती यी विद्यार्थीहरू विशेष विमानको माध्यमबाट मुम्बई आइपुगे। मुम्बई एयरपोर्टमा शिष्टाचार विभागका संयुक्त सचिव रामचन्द्र धनवाड़े, शिष्टाचार अधिकारी अब्दुल अजीज बेग र उनको टीमले विद्यार्थीहरूलाई स्वागत जनाए। विद्यार्थीहरूले सुरक्षित घर फिर्तीको लागि राज्य सरकारलाई धन्यवाद पनि दिए।

मणिपुरबाट मुम्बई सकुशल फर्किने विद्यार्थीहरूमा आदित्य गजभिए, तुषार आव्हाड, आयुष दुबे, शिवसंपत तागिरिसा, गौतम चौरसिया, साजन पौनिकर, मोहित खडपे, भूषण पावरा, वृक्षाल गणवीर, विकास शर्मा, तन्मय यादव, मडिकोंडा अविनाश, रोहित कोरी, आयुष रवि, ज्ञानदीप छुटे, प्रतीक कोडग, पुनर्वसु इंगोले, साईजीत निकम, अनन्य ब्यनर्जी, शान्तनु कुम्भीरकर, क्रिश कलगुडे, फाल्गुन महाजन, मधुरिका इन्दूरकर, रोनिल नाडार औ अश्वगन्धा पराडे सामेल छन्।-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement