सिलगढी: राज्य सरकारको दिशानिर्देश अनुसार पश्चिम बंगालमा फिल्म “द केरला स्टोरी” अचानक प्रतिबन्ध लगाइएको छ। तर, फिल्मको टिकट बिक्री भइसकेको थियो । फिल्म हेर्न मल्टिप्लेक्स पुग्दा दर्शकले फिल्मलाई प्रतिबन्ध लगाएको र अब हलमा नचल्ने थाहा पाए । यस्तो अवस्थामा जहाँ दर्शकको असन्तुष्टि परेको छ, त्यहाँ सिनेमा हल व्यवस्थापनको हात पनि बाँधिएको छ। सोमबार अबेर राति सिलगढीका लगभग सबै मल्टिप्लेक्समा यस्तो अवस्था देखिएको थियो । राति १०ः१५ बजेको शोको टिकट बिक्री भइसकेपछि प्रतिबन्धका कारण सिटी सेन्टरमा आइनक्सले चलचित्र चलाउन सकेन । यसप्रति दर्शकहरु निकै आक्रोशित भए । कुनै पूर्वसूचना नदिई फिल्म रोकिएको दर्शकको गुनासो थियो । अर्कोतर्फ, आइनक्स व्यवस्थापनले आफ्नो तर्फबाट कुनै सूचना दिन सकेन।










