कविगुरु रवीन्द्रनाथ टैगोरको १६२औँ जन्मजयन्तीको अवसरमा महानगरपालिकाले विभिन्न कार्यक्रम

19acf30d-4cb0-42f5-aa0b-a8e0208021db

सिलगढी: आज कविगुरु रवीन्द्रनाथ टैगोरको १६२औँ जन्मजयन्ती हो। यस अवसरमा सिलगढी नगर निगमले विभिन्न कार्यक्रम मार्फत कविगुरुको जन्मदिन मनायो। सिलगढी नगर निगमले रवीन्द्र मञ्च, बाघजातिन पार्कमा कविगुरुलाई श्रद्धाञ्जली अर्पण गर्न कार्यक्रम आयोजना गरेको थियो।यस दिन मेयर गौतम देवले रवीन्द्रनाथ टैगोरको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए। कार्यक्रममा सिलगढीका उपमेयर रञ्जन सरकार र नगर निगमका अधिकारीहरूले पनि श्रद्धाञ्जली अर्पण गरे।कार्यक्रममा नगर निगमका अध्यक्ष प्रतुल चक्रवर्ती र विभिन्न वडाका पार्षदहरू पनि उपस्थित थिए। बिहानको कार्यक्रमपछि बेलुकी उक्त स्थानमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement