चार महिनामा श्रीलङ्काले पर्यटनबाट कमायो करिब ७० करोड डलर

Sri-Lanka-2-1

कोलम्बो: श्रीलङ्काले सन् २०२३ को पहिलो चार महिनामा पर्यटनबाट करिब ७० करोड अमेरिकी डलर आर्जन गरेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा १७.८ प्रतिशतले बढी हो। श्रीलङ्का पर्यटन विकास प्राधिकरणका अध्यक्ष प्रियन्था फर्नान्डोले अप्रेल महिनामा श्रीलङ्काले पर्यटनबाट १६ करोड ६५ लाख अमेरिकी डलर आम्दानी गरेको बताए। श्रीलङ्कामा यस वर्षको पहिलो तीन महिनामा तीन लाख ३५ हजार ६७९ पर्यटक भित्रिएका प्रधिकरणले जनाएको छ।

श्रीलङ्काको पर्यटन उद्योगले सन् २०२३ मा २० लाख आगन्तुकहरूलाई आकर्षित गर्ने लक्ष्य राखेको फर्नान्डोले गत महिना घोषणा गरेका थिए। यो पहिलेको १५ लाख पर्यटकको लक्ष्यभन्दा बढी हो। प्रधिकरणले वर्षको पहिलो त्रैमासिकमा सकारात्मक प्रवृत्तिको कारण अनुमानमा संशोधन गरेको थियो। श्रीलङ्कामा कोभिड–१९ को महामारी र आर्थिक तथा राजनीतिक सङ्कटका कारण विदेशी मुद्रा आर्जन गर्ने प्रमुख देशमध्येको एक पर्यटन क्षेत्र धरासायी भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement