मध्य प्रदेशको खरगोनमा बस दुर्घटना, १५ जनाको मृत्यु

Untitled design - 1

खरगोन: मध्य प्रदेशको खरगोनमा यात्रुवाहक बस ५० फिट अग्लो पुलबाट खोलामा खस्दा १५ जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्। दुर्घटनाग्रस्त बसमा ३५ जनाभन्दा बढी सवार थिए। समाचारअनुसार श्रीखण्डीबाट इन्दौर जाँदै गरेको बस मङ्गलबार बिहान ८:३० बजे डोंगरगाउँको डान्सगा बीचको बोराड खोलाको पुलको रेलिङ भाँच्दा एमएसटी हिरामणी ट्राभल्सको एमपी १० पी ७७५५ नम्बरको बस ओभरलोड भएको बताइएको छ। मृत्यु हुनेमा बसका चालक, कन्डक्टर र खलासी रहेका छन्। गाउँवासीले यस दुर्घटना घटनाबारे पुलिसलाई खबर गरेपछि पुलिस घटनास्थल पुगेर उद्धार कार्यमा जुट्योl यसका साथै स्थानीयवासीहरूले पनि घाइतेहरूलाई सहयोगमा पुर्याए। दुर्घटनाको सूचना पाएपछि खग्रोनका एसपी, कलेक्टर र विधायक घटनास्थलमा पुगे। घाइतेहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र र खरगोन जिल्ला अस्पतालमा पठाइएको छ। मुख्यमन्त्री शिवराज सिंह चौहानले बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई चार लाख, गम्भीर घाइतेलाई ५० हजार, सामान्य र सामान्य घाइतेलाई २५ हजार रुपियाँ र घाइतेको उचित उपचारको व्यवस्था मध्यबाट गरिने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement