काठमाडौं: नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी (आरएसपी) ले सांसद पदबाट मुक्त गर्ने गरी कारबाही गरेका सांसद ढाकाकुमार श्रेष्ठ पुनः संसद फर्कने अवस्था बनेको छ। आज (सोमवार) सर्वोच्च अदालतले सांसद श्रेष्ठमाथि कारबाही कार्यान्वयन नगर्न आदेश जारी गरेको छ।
मुद्दामा सर्वोच्च अदालतले आरएसपी र श्रेष्ठ दुवैलाई छलफलका लागि बोलाएको छ। श्रेष्ठलाई कारबाही गरी सांसद पदबाट हटाउन निर्वाचन आयोगमा आरएसपीले पत्र पठाएर उनको ठाउँमा बिन्दवासिनी कंसाकारलाई सांसद बनाउन अनुरोध गरिएको छ। त्यस अनुसार कंसाकारले सांसद निर्वाचित भएको प्रमाणपत्र समेत पाइसकेकी छिन्। अदालतको आदेशले भने कंसाकार संसद छिर्नबाट तत्काल रोकिने भएकी छिन्।
श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो बाहिरिएको थियो। २३ अप्रेलको उपनिर्वाचन अघि भएको यो घटनालगत्तै आरएसपीले श्रेष्ठलाई पार्टीबाट निष्काशन गरी सांसद पदबाट पनि हटाउने निर्णय गरेको थियो।










