आईपीएल २०२३: कलकत्ता नाइट राइडर्स ५ विकेटले विजयी

IMG-20230509-WA0000.jpg

८ मईः इण्डियन प्रीमियर लीग (आईपीएल) २०३३-को ५३औं म्याचमा कलकत्ता नाइट राइडर्सले पञ्जाब किंग्सलाई ५ विकेटले पराजित गऱ्यो। ईडन गार्डन्समा सोमवार खेलिएको म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै पञ्जाब किंग्सले २० ओभरमा ७ विकेट गुमाएर १७९ रन बनायो। कप्तान शिखर धवनले ९ वटा चौका र एउटा छक्काको साथ ४७ बलमा सर्वाधिक ५७ रन बनाए। यसबाहेक जितेश शर्माले २१ र शाहरुख खानले अविजित २१ रनको योगदान दिए।

केकेआर-का बलरहरूमा स्पिनर वरुण चक्रवर्तीले सर्वाधिक ३ विकेट लिए। यसबाहेक हर्षित राणाले २ विकेट लिए। जवाफमा केकेआर-ले २० ओभरमा ५ विकेट गुमाएर १८२ रन बनाउँदै म्याच जित्यो। कप्तान नितिश राणाले ६ वटा चौका र एउटा छक्काको साथ ३८ बलमा सर्वाधिक ५१ रन बनाए। आन्द्रे रसेलले ३ वटा छक्का र ३ वटा चौकाको साथ २३ बलमा ४२ रन बनाए। यसबाहेक जेसन रोयले ३८ र रिंकु सिंहले अविजित २१ रनको योगदान दिए।पञ्जाबका बलरहरूमा राहुल चाहरले सर्वाधिक २ विकेट लिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *