तीन दिवसीय कला एवं साहित्य उत्सवको समापन

IMG-20230508-WA0274.jpg

राजनीतिक प्रोपोगाण्डा जनता टाड़ै बस्ने मुख्यमन्त्री तामाङले गरे आह्वान

गान्तोक। गत ६ मईदेखि पश्चिम सिक्किमको योक्सममा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको विद्यार्थी प्रकोष्ठको पहलमा आयोजित तीन दिवसीय कला एवं साहित्य उत्सवको आज समापन भयो। समापन कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए। टीम अफ् आर्ट्स जयपुरको सहयोगमा आयोजित यस कार्यक्रममा कला अनि साहित्यका विविध विद्यामा प्रतियोगिताहरू आयोजना गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले आफ्नो पहिलो कला, साहित्य उत्सव आयोजन सफल भएकोमा आयोजक टोलीलाई धन्यवाद दिए। सिक्किम क्रान्तिकारी मोर्चाको विद्यार्थी प्रकोष्ठले कला एवं साहित्य उत्सव आयोजन गरेर कुनै पनि कार्यक्रम गर्न असम्भव नरहेको सन्देश दिएको मुख्यमन्त्रीले मन्तव्य व्यक्त गरे। साहित्यिक क्षेत्रमा विकास कार्यमा उल्लेखनीय कार्य भएको उनले विचार व्यक्त गरे। अब वन महोत्सव पनि आयोजन गर्नुपर्ने उनले सुझाउ राखे।
अरु उत्सवहरू रमाइलो हुन्छ, तर साहित्य उत्सव रमाइलो हुँदैन् तर उत्सव ज्ञानबर्द्धक हो। औषधि तीतो हुन्छ तर त्यसैले नै निको पार्ने जानकारी गराउँदै यो कार्यक्रम सबैको निम्ति रमाइलो नभए पनि यस्तो कार्य जीवनमा कामलाग्ने हुने बताए। यस प्रकारको उत्सव वर्षेनी पालन गर्नुपर्ने विचार पोख्दै अब आउँदो वर्षदेखि यसलाई सरकारी कार्यक्रमको रूपमा आयोजन गर्ने घोषणा गरे। यसरी नै आजको दिन ८ मई १९७३-मा त्रिपक्षीय समझौतामार्फत सिक्किम भारतमा विलय भएको स्मरण गर्दै मुख्यमन्त्री तामाङले यसको आज ५०औं वर्षगाँठ पुगेको जानकारी गराए। हाल सिक्किम राज्यको विकासमा सहयोग पुऱ्याउने प्रधानमन्त्री नरेन्द्र मोदी साथै केन्द्र सरकारप्रति आभार व्यक्त गरे।

तथापि, कतिले विभिन्न् प्रकारको लाञ्छना लगाउँदै आइरहेको र कागले कान लग्यो भन्दैमा नछामी कागको पछि कुद्नु हुँदैन भन्ने विचार पोखे। हिजो-अस्ती कतिले ३७१(एफ) उड़्यो भन्ने दावी गरेकोबारे आफूले दिएको चुनौती उनीहरूले सिद्ध गर्नु नसकेको प्रष्ट भएको बताए। आजसम्म भाइचुङ भोटियाको जमीन पूर्व मुख्यमन्त्री पवन चामलिङले किनेको अहिलेसम्म आफूमा खबर नआएको जानकारी गराए। उनीहरूले केही नपाएर यस्ता कुराहरूलाई केवल राजनीतिक प्रोपोगाण्डा बनाएको बताए।
स्वास्थ्य अनि शिक्षा क्षेत्रलाई विकसित गर्न राज्य सरकारले पहल गरिरहेको उल्लेख गर्दै यो कार्य निरन्तर राख्ने जनाए। वर्तमान सरकारले योक्सम-टाशीडिङ क्षेत्रको विकास गर्न ध्यान दिइरहेको उल्लेख गर्दै लेगसेपदेखि टाशीडिङसम्मको सड़क मार्गलाई सुगम बनाउने मुख्यमन्त्रीले घोषणा गरे। योसँगै यहाँ अस्पताल, विद्यालयहरूमा आवश्यक पूर्वाधार विकसित गर्ने कार्य गरिएको बताए। राज्यको सर्वाङ्गीण विकासमा राज्य सरकारले जुन पहल गरिरहेको छ त्यसमा जनताले पनि जिम्मेवारी वहन गर्नुपर्ने आह्वान गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *