१६१ जना बिरामीको अपरेशन

n49777285616835701590078600040f71eb60fc15b0d61eefded049700f134d0baa932a32eb1f6110dd3dd3.jpg

गान्तोक: आर्थिक रूपमा विपन्न परिवारका सदस्यहरूलाई विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराउँदै आइरहेको गरीब जनकल्याण प्रकोष्ठले गत एक महिनादेखि नयाँ पहल शुरू गरेको छ। मुख्यमन्त्री एवं एसकेएम पार्टी अध्यक्ष पीएस तामाङको निर्देशनमा प्रकोष्ठले गल ब्लाडर स्टोनबाट ग्रसित गरीबी रेखामुनि पर्ने रोगीहरूलाई सिलीगुढ़ीको नियोटिया गेटवेल अनि किङ्गस अस्पताल लगेर उपचार गराउने काम गरिरहेको छ।

प्रकोष्ठले अहिलेसम्म कूल १६१ जना बिरामीको अपरेशन गरिसकिएको जानकारी एसकेएम समन्वयक, मुख्यालय नवीन दाहालले प्रेस विज्ञप्तिमा जानकारी दिएका छन्। उनले बिरामीहरू पूर्व सिक्किमबाट ५ जना, पश्चिम सिक्किमबाट ८६ जना अनि दक्षिण सिक्किमबाट ७० जना बिरामी रहेको थप जानकारी गराएका छन्।

विज्ञप्ति अनुसार, प्रकोष्ठले प्रत्येक हप्ता बिरामीको क्रमबद्ध रूपमा उपचार गर्ने व्यवस्था मिलाएको छ। बिरामीहरूलाई शीघ्र स्वास्थ्य लाभ गराउने उद्देश्यले सिक्किम सरकारले पश्चिम बंगाल स्वास्थ्य योजना अन्तर्गत समन्वय गरी सरकारी रूपमा उनीहरूलाई उपचार गराउने प्रावधान मिलाएको छ। लामो समय अघिदेखि गल ब्लडर स्टोनले ग्रसित रोगी, जसको उपचार अत्यन्त चाँड़ो गरिनुपर्ने थियो, त्यस्ता बिरामीलाई आफ्नो उपचार गराउने अवसर दिएको छ। गल ब्लडरमा भएको स्टोनबाट पीड़ित बिरामीहरू, जसले निजी खर्चमा अथवा आफू अस्पताल पुगेर जाँच गराउन असमर्थ छन्, त्यस्ता रोगीले मात्र यस उपचारको फाइदा पाउनेछन्।

सिलीगुड़ीमा अप्रेसन गर्न लगिएका बिरामीहरूको अवस्था बुझ्न र उपचारबारे जानकारी लिन समय समयमा प्रकोष्ठका मुख्य संरक्षक प्रभाकर गोले आफैं त्यहाँ पुग्ने गरेको पनि विज्ञप्तिमा उल्लेख छ। प्रकोष्ठले बीपीएल परिवारका सदस्यलाई मात्र यसले पूर्ण प्राथमिकता दिएको बताएको छ। आर्थिक रूपमा सम्पन्न व्यक्तिलाई यसमा समावेश नगरिएको पनि प्रकोष्ठले स्पष्ट गरेको छ।

यस कार्यमा गरीब जनकल्याण प्रकोष्ठका प्रमुख संरक्षक प्रभाकर गोले लगायत प्रमुख संयोजक मनोज लामा, योजना सल्लाहकार दिपेश भण्डारी, पश्चिम जिल्ला संयोजक अरूणदीप राज गुरूङ, चिकित्सा सल्लाहकार डा. छिरिङ डी शेर्पा, रेनु गुरूङ, मेनुका गुरूङ, केयरटेकरहरू लगायत प्रकोष्ठका अन्य प्रतिनिधि सामेल रहेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement